images

Oct 23 2024 | २०८१, कात्तिक ७ गते

अध्यक्ष दाहालद्वारा खेलाडीको बिदाइ

अध्यक्ष दाहालद्वारा खेलाडीको बिदाइ

एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ ४ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ ४ २०८१
  • अध्यक्ष दाहालद्वारा खेलाडीको बिदाइ

    काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापानमा हुने वादोरियो कराते डो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बिदाइ गरेका छन्। 

    images
    images
    images

    अध्यक्षले दाहालले खुमलटारमा आयोजित एक कार्यक्रममा उहाँहरूलाई बिदाइ गरेका हुन् । त्यस अवसरमा अध्यक्ष दाहालले पदक जित्न नेपाली खेलाडीहरू सफल हुने विश्वास व्यक्त गर्नुका साथै उनीहरूको सफलताको कामना गरे । 

    कार्यक्रममा नेपाल वादोरियो कराते डो सङ्घका केन्द्रीय पदाधिकारी, नेपाल कराते महासङ्घका उपाध्यक्ष श्याम शेर्पा र सचिव बि.आरलगायत सहभागी थिए ।

    यही भदौ ८ र ९ गते जापान टोकियोमा हुने नवौँ वादोरियो कराते डो अन्तर्राष्ट्रिय प्रतियोगिता २०२४ मा नेपाली खेलाडीहरू एलन श्रेष्ठ, सुस्मिता वाइबा, अनिल उपरकोटी र आरोन शेरचन सहित ६ सदस्यीय टोली सहभागी हुँदैछ । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट