Aug 12 2026 | २०८३, साउन २७ गते

सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन जनकपुरमा

सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन जनकपुरमा

एभरेष्ट हेडलाइन्स
आइतबार, मंसिर ३० २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, मंसिर ३० २०८१
  • सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन जनकपुरमा

    काठमाडौँ । सातौँ अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन जनकपुरमा हुने भएको छ । यही मार्च २१ र २२ अर्थात् चैत ८ र ९ गते हुने सम्मेलनमा विश्वका विभिन्न देशका क्यान्सर रोग विशेषज्ञहरूको सहभागिता रहनेछ ।

    images

    सम्मेलनका निर्देशक तथा विनयतारा फाउन्डेसनका अध्यक्ष डा विनय शाहले सम्मेलनमा अमेरिका, भारत, बङ्गलादेश, नेपालका क्यान्सर रोग विशेषज्ञ र यसको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, नर्स र सरोकारवालाहरू सहभागी हुने जानकारी गराए ।

    विश्वभर क्यान्सर उपचारमा भइरहेका नयाँ प्रगति, प्रविधि, अनुसन्धान र चिकित्सकहरूका अनुभवहरू सम्मेलनमा समेटिने आयोजकले जनाएको छ ।

    शाहले भने, “दुई दिन चल्ने सम्मेलनमा नीतिगत बहस हुनेछन् । स्तन क्यान्सर, फोक्सो क्यान्सर, स्त्रीरोग क्यान्सर, रगत क्यान्सरलगायत विभिन्न क्यान्सरका विषयमा बहस हुनेछ । स्वास्थ्य बीमाका विषय लगायतमा बहस हुनेछन् ।”

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट