Feb 04 2025 | २०८१, माघ २२ गते

images
images

गृहमन्त्री लेखकले गरे कांग्रेस कोशीका १४ जना सभापतिहरूसँग छलफल 

गृहमन्त्री लेखकले गरे कांग्रेस कोशीका १४ जना सभापतिहरूसँग छलफल 

एभरेष्ट हेडलाइन्स
मंगलबार, माघ २२ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, माघ २२ २०८१
  • गृहमन्त्री लेखकले गरे कांग्रेस कोशीका १४ जना सभापतिहरूसँग छलफल 

    गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका १४ जिल्ला सभापतिहरूसँग छलफल गरेका छन्। कोशी प्रदेशका १४ जिल्ला सभापतिहरूसँग गृहमन्त्री लेखकले छलफल गरेका हुन्।

    images
    images
    images

    गृहमन्त्री लेखकको सचिवालयले दिएको जानकारीअनुसार पाथीभरा केबलकार निर्माणबारे उत्पन्न विषयमा गृहमन्त्री लेखकले कांग्रेसका जिल्ला सभापतिहरूसँग छलफल गरेका हुन्।

    यसअघि गत माघ १५ गते गृहमन्त्री लेखकले ताप्लेजुङ, इलाम, पाँचथर र तेह्रथुमका प्रतिनिधि सभा सांसदसँग छलफल गरेका थिए। ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माण गर्ने क्रममा भएको तनावबारे उनले सांसदहरूसँग छलफल गरेका थिए। पाथीभरा केबलकार निर्माण गर्ने क्रममा ‘नो केबलकार’ समूह र सुरक्षाकर्मीबीच झडप भएको थियो।

    सरकारले पाथीभरा केबलकारका विषयमा संवाद गर्न वार्ता समिति बनाएको छ भने नो केबलकार समूहले पनि सरकारसँग वार्ता गर्न समिति बनाएका छन्। उनीहरूबीच सोमबार वार्तासमेत भएको थियो।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट