Aug 12 2026 | २०८३, साउन २७ गते

नेपालमा जस्तो अवसर अन्त कहीँ देख्दिन : चन्द्र ढकाल

नेपालमा जस्तो अवसर अन्त कहीँ देख्दिन : चन्द्र ढकाल

एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक ९ २०८२
एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक ९ २०८२
  • नेपालमा जस्तो अवसर अन्त कहीँ देख्दिन : चन्द्र ढकाल

    काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन्।

    images

    अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले भने, ‘नेपालमा सम्भावना नै छैन, नेपालको पुँजीले केही हुँदैन, यहाँ व्यवसायको वातावरण नै छैन भन्ने जस्ता बनाएको मात्र सुन्छु, तर मैले भने नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन।’

    अध्यक्ष ढकालले नेपालमा अझै धेरै क्षेत्रहरु एक्स्प्लोर गर्न बाँकी रहेको प्रसंग उल्ले गर्दै भने, ‘यहाँ त हामीले केही गरेकै छैनौँ। जतिधेरै एक्स्प्लोर गर्यो त्यति नै अवसरहरु भेटिन्छन् । ती अवसरहरुलाई सम्भव बनाउन हामी लाग्नुपर्ने अवस्था छ। त्यसैले प्रयास नै नगरी नेपालमा सम्भावना नै छैन भन्नु गलत हो।’

    नेपालमा लगानीका लागि वातावरण नै नभएको भन्ने गरिए पनि त्यो सत्य नभएको भन्दै नेपालमा वैदेशिक लगानीका लागि अमेरिकामा रहेका लगानीकर्ताहरुलाई आग्रह गरे।

    उनले भने, ‘नेपाल उद्योग वाणिज्य महासंघको पहल र अगुवाईमा लगानीमैत्री वातावरणका लागि आवश्यक कम्तीमा पनि ३० वटा कानुन संशोधन गरिएको छ। सरकारले निजी क्षेत्रकै संलग्नतामा गठित अर्थतन्त्रको सुधार सम्बन्धी उच्चस्तरीय आयोगले दिएका सुझावहरुको कार्यान्वयन सुरु भएको छ। पछिल्लो समय नेपालमा लगानीका सम्भावनाहरुको खोजी स्वदेश तथा विदेशी लगानीकर्ताहरुले गरिरहेको अवस्था छ। त्यसैले लगानीको वातावरण निर्माण गर्न हामी सबै लाग्नुपर्दछ।’

    आफूहरुले नेपालमा लगानीको सम्भावना छ भन्ने कुरा प्रमाणित गर्न र डोमेस्टिक पुँजी परिचालन गरेर पनि ठूला लगानीहरू गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि स्वदेशी व्यवसायी तथा गैरआवासी नेपालीहरुको समेत संलग्नतामा हालसालै १० अर्ब रुपैयाँको नेपाल डेभ्लप्मेन्ट पब्लिक लिमिटेड (एनडीपी) स्थापना गरेर काम नै सुरु गरिएको जानकारी दिए।

    नेपालमा हुने वैदेशिक लगानीलाई थप प्रवर्धन गर्न तथा लगानीका लागि आवश्यक पर्न सक्ने समस्याको सहजीकरण गर्नका लागि नेपाल उद्योग वाणिज्य महासंघले एफडीआइ हेल्प डेस्कको स्थापना गरिएको जानकारी दिँदै अध्यक्ष ढकालले नेपालमा लगानीका लागि आग्रह गरे।

    यहाँले नेपालमा लगानीको वातावरण रहेको भनिरहँदा हालै भएको निजी क्षेत्रका व्यक्तिहरुका सार्वजनिक प्रतिष्ठान तथा निजी सम्पत्तिमा समेत आक्रमण भएको सम्बन्धी एक प्रश्नमा उनले भने, ‘निजी क्षेत्र जस्तो मुलुकको अर्थतन्त्रमा ८१ प्रतिशत योगदान तथा ८६ प्रतिशत रोजगारी दिएको क्षेत्रलाई यसरी हतोत्साही हुनेगरी भएको आक्रमणले राम्रो सन्देश नदिएको र यो एकदमै गलत काम भएको छ।’

    अध्यक्ष ढकालले निजी क्षेत्र नै मुलुकको आर्थिक विकासको मुख्य इञ्जिन हो भन्ने तथ्यलाई बिर्सिएर सामाजिक सञ्जाल एवं आम मानिसहरुमा व्यवसायीहरु भनेका नाफा मात्र कमाउने हुन् भन्ने जस्तो गलत भाष्य निर्माण गरिएकाले यस्तो गलत मानसिकतामा परिवर्तन जरुरी रहेको बताए।

    उनले भने, ‘मुलुकको अर्थतन्त्रमा र प्रत्यक्ष रोजगारीमा यतिधेरै योगदान गरिरहेको निजी क्षेत्रप्रतिको सोच र आम धारणा अत्यन्तै गलत छ । चाहे राजनीतिक दलहरु हुन्, सरकार एवं कर्मचारीतन्त्र तथा आम मानिसमा नै यो धारणामा परिवर्तन नितान्त जरुरी छ । यदि त्यसो हुन सकेन भने आगामी दिनमा यस्ता दुर्घटनाहरु नरोकिन पनि सक्छन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट