Aug 12 2026 | २०८३, साउन २७ गते

गिरीबन्धुदेखि ओम्नीसम्म छानबिन गर्न सरकारलाई पोखरेलको चुनौती

गिरीबन्धुदेखि ओम्नीसम्म छानबिन गर्न सरकारलाई पोखरेलको चुनौती

एभरेष्ट हेडलाइन्स
मंगलबार, कात्तिक ११ २०८२
एभरेष्ट हेडलाइन्स
मंगलबार, कात्तिक ११ २०८२
  • गिरीबन्धुदेखि ओम्नीसम्म छानबिन गर्न सरकारलाई पोखरेलको चुनौती

    काठमाडौँ । नेकपा (एमाले)का नेता कृष्णभक्त पोखरेलले भ्रष्टाचारको कुनै पनि मुद्दामा एमालेका नेताहरू जोडिएको भए छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् । 

    images

    मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पोखरेलले एमालेका नेताहरूमाथि लाग्ने गरेको आरोप गिरीबन्धुदेखि ओम्नीसम्म छानबिन गर्न सरकारलाई चुनौती दिएका हुन् ।

    पोखरेलले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको कार्यादेश निर्वाचनमात्रै रहेको बताए । तर, सबैभन्दा बढी पपुलर मत पाएका केपी शर्मा ओलीलाई स्थान हद गरेर निष्पक्ष निर्वाचन हुन नसक्ने उनको भनाइ छ ।

    उनले निर्वाचन निष्पक्ष र स्वतन्त्र ढंगबाट हुने सुनिश्चित भए एमाले कुनै हिसाबले पनि निर्वाचनबाट नभाग्ने स्पष्ट पारे ।

    नेता पोखरेलले सरकारमा अहिले जेनजीको भावना प्रतिविम्बित गर्ने मानिस नगएको पनि बताए । समृद्धिको दिशामा एमालेले जति काम अरू कसैले गर्न नसकेको उनको दाबी छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट