Aug 12 2026 | २०८३, साउन २७ गते

हिमपातमा फसेका ३ विदेशीसहित १५ पर्यटकलाई सेनाले गर्‍यो उद्धार

हिमपातमा फसेका ३ विदेशीसहित १५ पर्यटकलाई सेनाले गर्‍यो उद्धार

एभरेष्ट हेडलाइन्स
शुक्रबार, कात्तिक १४ २०८२
एभरेष्ट हेडलाइन्स
शुक्रबार, कात्तिक १४ २०८२
  • हिमपातमा फसेका ३ विदेशीसहित १५ पर्यटकलाई सेनाले गर्‍यो उद्धार

    काठमाडौँ । नेपाली सेनाले मुस्ताङ जिल्लाको हिडन भ्याली क्षेत्रमा हिमपातमा फसेका तीन विदेशीसहित १५ जना पर्यटकहरूलाई उद्धार गरेको छ । 
    नेपाली सेनाको उच्च शिखर शिक्षालयबाट खटिएको उद्धार टोलीले तीन दिनको प्रयास पश्चात् कात्तिक १४ गते उनीहरूको उद्धार गरिएको सेनाले जानकारी दिएको हो ।

    images

    सेनाका अनुसार हिडन भ्यालीको करिब ४ हजार ९०० मिटरको बतासे डाँडामा फेला पारेर उद्धार गरेको हो । उद्धार गरिएका पर्यटकहरूको साधारण स्वास्थ्य परीक्षण पश्चात् नेपाली सेनाको इन्द्र बक्स गण, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी  र गैरसैनिक पथप्रदर्शक सहितको संयुक्त उद्धार टोलीले उनीहरुलाई जोमसोम ल्याउने कार्य गरिरहेको नेपाली सेनाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट