Aug 12 2026 | २०८३, साउन २७ गते

जेनजी आन्दोलनका क्रममा फिल्डमा खटिएका  प्रहरी इन्चार्जलाई उपत्यका नछाड्न निर्देशन

जेनजी आन्दोलनका क्रममा फिल्डमा खटिएका  प्रहरी इन्चार्जलाई उपत्यका नछाड्न निर्देशन

एभरेष्ट हेडलाइन्स
सोमबार, कात्तिक १७ २०८२
एभरेष्ट हेडलाइन्स
सोमबार, कात्तिक १७ २०८२
  • जेनजी आन्दोलनका क्रममा फिल्डमा खटिएका  प्रहरी इन्चार्जलाई उपत्यका नछाड्न निर्देशन

    काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भाद्र २३ र २४ गते भएका तोडफोड, आगजनी र झडपका घटनाबारे जाँचबुझ आयोगले अनुसन्धान अघि बढाएसँगै प्रहरी प्रधान कार्यालयले सो बेला फिल्डमा खटिएका प्रहरी इन्चार्जलाई उपत्यका नछाड्न निर्देशन दिएको छ ।

    images

    प्रधान कार्यालयले कार्तिक १६ गते काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीलाई पठाएको पत्रमा हालका लागि सम्बन्धित इन्चार्जहरुलाई काठमाडौं उपत्यका नछाड्ने व्यवस्था मिलाउन भनिएको छ ।

    पत्रमा उल्लेख गरिएको छ, 'जाँचबुझ आयोग, २०८२ का सचिवालय सिंहदरबारको च.नं. १०७ मिति २०८२\०७\१६ गतेको पत्र आवश्यक कार्यार्थ संलग्न राखी पठाइएको व्यहोरा निर्देशानुसार अनुरोध गरिएको छ । सो सम्बन्धमा बढी क्षति भएको क्षेत्रहरूमा खटिएका प्रहरी इन्चार्जहरूलाई सोधपुछका लागि कुनै पनि समयमा आयोगमा उपस्थितिको लागि बोलाउनुपर्ने हुँदा हाललाई काठमाडौं उपत्यका नछाड्ने व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।' 

    आयोगले हाल जेनजी आन्दोलनका क्रममा विभिन्न स्थानमा भएका झडप, प्रहरीद्वारा प्रयोग गरिएको बल र त्यसबाट भएका क्षति सम्बन्धी घटनाको प्रत्यक्ष प्रमाण संकलन, साक्षात्कार तथा आवश्यक विवरण लिन थालेको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट