Aug 13 2026 | २०८३, साउन २८ गते

मधेश सरकार गठन विवादमा दोस्रो सुनुवाइ हुँदै, न्यायाधीश श्रेष्ठ र निरौलाको इजलासमा पेसी

मधेश सरकार गठन विवादमा दोस्रो सुनुवाइ हुँदै, न्यायाधीश श्रेष्ठ र निरौलाको इजलासमा पेसी

एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक ३० २०८२
एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक ३० २०८२
  • मधेश सरकार गठन विवादमा दोस्रो सुनुवाइ हुँदै, न्यायाधीश श्रेष्ठ र निरौलाको इजलासमा पेसी

    काठमाडौँ । मधेश प्रदेशको सरकार गठनविरुद्ध बहुमत सांसदले दर्ता गराएको रिटमा दोस्रो सुनुवाइ हुँदै छ । न्यायाधीशद्धय तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको इजलासमा पेसी तोकिएको छ । 

    images

    मधेश प्रदेशको मुख्यमन्त्री विवादमा ७४ सांसदले दर्ता गरेको रिटलाई दुवै पक्षको बहस हुन लागेको हो । तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले होटलमै एमाले सा‌ँसद सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्ति गरेपछि यो विवाद सर्वोच्च पुगेको थियो ।

    सर्वोच्चले कात्तिक २३ गते यादवलाई मुख्यमन्त्री नियुक्ति गर्नेसम्बन्धी सम्पूर्ण फाइल पेस गर्न आदेश गरेको थियो भने आइतबारका लागि सुनुवाइको मिति पनि तोकेको थियो ।

    न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले निवेदकले माग गरेको अन्तरिम आदेश जारी गर्ने विषयमा दुवै पक्षको छलफल गर्नुपर्ने भन्दै ३० गतेका लागि इजलासले नै पेसी तोकेको थियो । 

    एमालेबाहेकका ७४ सांसद यादवलाई मुख्यमन्त्री बनाउने निर्णय बदर हुनुपर्ने माग गर्दै सर्वोच्च अदालत पुगेका थिए । कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव, जसपा नेपाल संसदीय दलका नेता सरोजकुमार यादव, माओवादी केन्द्र संसदीय दलका उपनेता युवराज भट्टराई, लोसपा संसदीय दलका नेता जयलुन राईसहितका नेता सर्वोच्च पुगेका थिए ।

    यही विवादमा गत मंगलबार अन्तरिम आदेशसमेत जारी भएको थियो । सर्वोच्चले मुख्यमन्त्री नियुक्त भएका यादवलाई दीर्घकालीन निर्णय नगर्न पनि भनेको छ । 

    मधेश प्रदेशमा १ सय ७ जना सांसद छन्। सरकार बनाउन ५४ सांसद बहुमत संख्या हो। एमालेका सभामुखसहित २५, कांग्रेस २२, जसपा १९, जनमत १३, माओवादी ९, लोसपा ९, नेकपा (एस) ७, संघीय समाजवादी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका १–१ जना सांसद छन्। यसमध्ये एमालेका सांसद दीपेन्द्र ठाकुर, जसपाका सांसद सरोजसिंह कुशवाह, लोसपाका सांसद अभिराम शर्मा निलम्बित छन्। मधेश प्रदेशसभामा हाल कायम सदस्य संख्या १ सय ४ हो।

    प्रदेश प्रमुखले एमाले सांसद यादवलाई सोमबार सबेरै बर्दिबासको एक होटलमा मुख्यमन्त्रीको शपथ गराएकी थिइन्। त्यसको राजनीतिक, संवैधानिक तथा नैतिक रूपमा गलत भन्दै आलोचना भएसँगै विवाद अदालतसम्म पुगेको हो।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट