images

Oct 15 2026 | २०८३, असोज २९ गते

आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकमा अर्थतन्त्र ४ प्रतिशतले बढ्यो: राष्ट्रिय तथ्याङ्क कार्यालय

आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकमा अर्थतन्त्र ४ प्रतिशतले बढ्यो: राष्ट्रिय तथ्याङ्क कार्यालय

राष्ट्रिय तथ्याङ्क कार्यालय

बिहीबार , असोज २९ २०८३
बिहीबार , असोज २९ २०८३
  • आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकमा अर्थतन्त्र ४ प्रतिशतले बढ्यो: राष्ट्रिय तथ्याङ्क कार्यालय

    काठमाडौं,   राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक (वैशाख, जेठ, असार) मा अर्थतन्त्र अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.०० प्रतिशतले बढ्ने प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ। आर्थिक वर्ष २०६७/६८ लाई आधार वर्ष मानी स्थिर आधारभूत मूल्यमा तयार गरिएको त्रैमासिक राष्ट्रिय लेखा तथ्याङ्कमा यो अनुमान प्रकाशित भएको हो।

    कार्यालयका अनुसार विद्युत उत्पादन, प्रसारण तथा वितरण, निक्षेप संकलन तथा ऋण प्रवाह, निर्जीवन बिमा प्रिमियम संकलन र आवास तथा भोजन सेवाजस्ता क्रियाकलापमा भएको वृद्धि यसको मुख्य कारण हो। अर्थतन्त्रका १८ औद्योगिक वर्गमध्ये १७ वटामा धनात्मक वृद्धि देखिएको छ भने सार्वजनिक प्रशासन तथा रक्षामा ०.१२ प्रतिशतले ऋणात्मक वृद्धि भएको छ। सरकारी खर्चमा आएको कमी र आन्तरिक औद्योगिक तथा कृषि उत्पादनमा भएको सामान्य वृद्धिका कारण यस त्रैमासिकको वृद्धिदर सामान्य अवस्थामा रहेको कार्यालयले जनाएको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासिकमा वृद्धिदर ४.८ प्रतिशत र चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा ३.३ प्रतिशत थियो।

    क्षेत्रगत रूपमा विद्युत तथा ग्याँसमा सबैभन्दा बढी २४.३६ प्रतिशत वृद्धि भएको छ। त्यसपछि वित्तीय तथा बिमा क्रियाकलापमा ९.०७ प्रतिशत, आवास तथा भोजन सेवामा ७.८४ प्रतिशत र सूचना तथा सञ्चारमा ७.६६ प्रतिशत वृद्धि भएको अनुमान छ। अर्थतन्त्रमा सबैभन्दा ठूलो हिस्सा ओगट्ने कृषि क्षेत्रको वृद्धिदर १.३५ प्रतिशत रहेको छ, जसमा कृषि तथा वनपैदावारको उत्पादनमा भएको सामान्य वृद्धिको भूमिका देखिएको छ। दोस्रो ठूलो हिस्सा रहेको थोक तथा खुद्रा व्यापारमा ५.९७ प्रतिशत वृद्धि भएको छ, जसको कारण व्यापारजन्य वस्तुको स्वदेशी उत्पादन तथा आयातमा भएको वृद्धि हो।

    मौसमी प्रभाव समायोजित तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक (माघ, फागुन, चैत्र) को तुलनामा चौथो त्रैमासिकमा अर्थतन्त्र १.५४ प्रतिशतले बढेको प्रारम्भिक अनुमान छ। यसमा पनि १८ मध्ये १७ वर्गमा वृद्धि देखिएको छ। आवास तथा भोजन सेवा ६.०५ प्रतिशत, विद्युत तथा ग्याँस ३.७६ प्रतिशत र खानी तथा उत्खनन् ३.२२ प्रतिशतले बढेका छन्। कृषि, वन तथा मत्स्य क्षेत्र १.०८ प्रतिशत र थोक तथा खुद्रा व्यापार २.९० प्रतिशतले बढेका छन्। औद्योगिक उत्पादन (उद्योग क्षेत्र) भने ०.४८ प्रतिशतले घटेको छ।

    कार्यालयका अनुसार प्रत्येक त्रैमासिक समाप्त भएको ९० दिनभित्र अनुमान सार्वजनिक गर्ने अभ्यासअनुसार यो तथ्याङ्क प्रकाशित गरिएको हो। यसै क्रममा अघिल्ला त्रैमासिकका अनुमानहरू पनि अद्यावधिक गरी परिमार्जन गरिएको छ। स्थिर मूल्यमा मापन गरिएको कुल गार्हस्थ्य उत्पादनले अर्थतन्त्रको वृद्धिको अवस्था देखाउने भए पनि समग्र आकार देखाउन नसक्ने कार्यालयले उल्लेख गरेको छ। प्रकाशित अनुमान प्रारम्भिक हुन्।

    vvvvvvv

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार