images

Oct 30 2026 | २०८३, कात्तिक १३ गते

एनपीएलले बनाउँछ नेपाललाई खेल पर्यटनको गन्तव्य

एनपीएलले बनाउँछ नेपाललाई खेल पर्यटनको गन्तव्य

मंगलबार, कात्तिक १० २०८३
मंगलबार, कात्तिक १० २०८३
  • एनपीएलले बनाउँछ नेपाललाई खेल पर्यटनको गन्तव्य

    काठमाडौं — शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनलाई क्रिकेटको विकासका साथै नेपालको अन्तर्राष्ट्रिय पहिचान र खेल पर्यटन प्रवर्द्धनको बलियो आधारका रूपमा लिएको बताएका छन्।

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको एनपीएलको उद्घाटन समारोहपछि प्रतिक्रिया दिँदै मन्त्री पोखरेलले 'फेस्टिभल अफ हिमालयज'का रूपमा चिनिन थालेको यो लिगले विश्व मञ्चमा नेपाललाई थप परिचित गराउने विश्वास व्यक्त गरे।

    उद्घाटनमा जुटेको दर्शकको उत्साहलाई नेपाली खेलकुदको उज्ज्वल भविष्यको संकेत भन्दै उनले भने, "खेलप्रेमीहरूको अपार समर्थनले खेल क्षेत्रको बढ्दो सम्भावना र भविष्यप्रति ठूलो आशा जगाएको छ। यो आकर्षणलाई नेपाली खेल क्षेत्रको विकास र अन्तर्राष्ट्रिय पहिचानसँग जोड्ने बलियो आधारका रूपमा लिएको छु।"

    प्रतियोगिताका लागि नेपाल आएका विदेशी खेलाडी, कमेन्टेटर तथा अतिथिहरूलाई स्वागत गर्दै मन्त्री पोखरेलले उनीहरूले नेपाली क्रिकेटसँगै यहाँको संस्कृति, प्राकृतिक सुन्दरता र आतिथ्यताको अविस्मरणीय अनुभव लैजाने अपेक्षा गरे। उनले सहभागी सबै टोली र खेलाडीलाई उत्कृष्ट तथा रोमाञ्चक प्रदर्शनका लागि शुभकामना पनि दिए।

    नोभेम्बर २१ सम्म चल्ने यस संस्करणमा आठ फ्रेन्चाइज टोली सहभागी छन् र सबै खेल काठमाडौंमै हुँदैछन्।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार