Aug 12 2026 | २०८३, साउन २७ गते

सामाजिक संजालबाट ठगी गर्ने व्यक्ति पक्राउ 

सामाजिक संजालबाट ठगी गर्ने व्यक्ति पक्राउ 

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २६ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २६ २०८०
  • सामाजिक संजालबाट ठगी गर्ने व्यक्ति पक्राउ 

    काठमाडौं । सामाजिक संजाल टिकटक र वाट्स एपमार्फत कुराकानी गर्ने क्रममा आफूलाई यूकेको नागरिक भन्दै गिफ्ट पठाएकाे भन्दै कस्टम चार्जकाे नाममा ठगी गर्ने महिला पक्राउ परेका छन् । 

    images

     सामाजिक संजालबाट ठगी गरेको अभियोगमा सुनसरी इटहरी उपमहानगरपालिका-९ बस्ने ५५ वर्षीया कमला देवी श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको हाे।

      पीडितलाई विभिन्न गिफ्टहरु पठाएको भनी प्रलोभनमा पारी कस्टम चार्ज बापतको रकम पठाउन पर्छ भन्दै ९२ हजार रूपैयाँ पठाउन लगाई ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

     उनलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट