Sep 08 2024 | २०८१, भदौ २३ गते

टीआरसीमा सहमति नजुटे ‘एग्री टू डीसएग्री’ भएर जाऔँ : प्रमुख सचेतक लेखक

टीआरसीमा सहमति नजुटे ‘एग्री टू डीसएग्री’ भएर जाऔँ : प्रमुख सचेतक लेखक

एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस २६ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस २६ २०८०
  • टीआरसीमा सहमति नजुटे ‘एग्री टू डीसएग्री’ भएर जाऔँ : प्रमुख सचेतक लेखक

    काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) जसरी भएपनि टुङ्ग्याउनुपर्ने बताएका छन् । बिहीबार बसेको कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

    images
    images

    आउने संसद् अधिवेशनको पहिलो दिनमै यो विधेयक पेश हुनुपर्ने उल्लेख गर्दै उनले भने, “पीडितको कुरा पनि हामी सुनिरहेका छौँ । उहाँहरूले हामी अब संयमित हुन सक्दैनौँ, धैर्य हुन सक्दैनौँ भनेर भन्नुभएको छ । अब तपाईंहरूले यसलाई पास गर्नुस् भन्नुभएको छ । अस्ति त धेरै ज्यादा शब्दमा खेलेर राजनीति गर्नुभयो भने ठीक हुँदैन भनेर पनि भनेका छन् । हामी आन्दोलन गर्छौँ भन्नुभएको छ । अब यसलाई नलम्ब्याऔँ ।"

    उनले सहमति खोज्ने र सहमति नजुटे एग्री टू डीसएग्री (मतभिन्नताबारे बहस नगर्न सहमत हुने काम) भएर अघि बढ्नुपर्ने प्रस्ताव राखेका छन् । “अब झुटो कति बोल्नु ? १७ वर्षसम्म भएन ? देशभित्रको मिडियाको त्यही जिज्ञासा छ । नागरिक समाजको त्यही जिज्ञासा छ । अब यसलाई कति दिनमा हप्ता, १० दिन, १५ दिन यो हाउस चल्नुभन्दा पहिला कति दिनसम्मा हामी आपसमा औपचारिक, अनौचारिरूपले समितिको बैठक बसेर, दुईरचारजना मानिस छुट्टै बसेर वा अनौपचारिरूपमा थोरै कुरा गरेर नेताहरूलाई कुरा गरेर जसरी हुन्छ, यसलाई हप्ता १० दिनमा सहमतिमा पुर्‍याऔँ । सहमतिमा नटुङ्गिए एग्री टू डीसएग्री भएर जाऔँ,” उनले भने ।

    उनले अब तत्काल प्रक्रियामा गइहाल्नुपर्ने बताए । “प्रक्रियामा जान डराउनुपर्ने कुनै कुरै छैन । बजेटमै डिभिजन गरिसकेका छौँ । कुनै पनि विधेयकलाई अनावश्यक रोकिरहने कुरा राम्रो हुँदैन । प्रक्रियामा गएर भनेपनि टुङ्ग्याउनुपर्छ,” उनले भने 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट