Sep 08 2024 | २०८१, भदौ २३ गते

सीके राउतको प्रश्न - हजारौँको घाँटी काट्दा केही हुँदैन, हामीले अधिकार माग्दा जन्मकैद ?

सीके राउतको प्रश्न - हजारौँको घाँटी काट्दा केही हुँदैन, हामीले अधिकार माग्दा जन्मकैद ?

एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस २६ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस २६ २०८०
  • सीके राउतको प्रश्न - हजारौँको घाँटी काट्दा केही हुँदैन, हामीले अधिकार माग्दा जन्मकैद ?

    काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतले अधिकारको नाममा भएको आन्दोलनमा सरकारले विभेद गरेको आरोप लगाएका छन्।

    images
    images

    बिहीबार नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै उनले भने, ‘हजारौं हजारको घाँटी काट्दा केही हुँदैन, हामीले अधिकार माग्दा जन्मकैद हुन्छरु त्यो कस्तो अधिकार हो ?’ नेपालभित्र बोलिने सबै पहिचान र भाषालाई सम्मान गर्नु पर्नेमा उनले बताए।

    ‘पुस १६ गते हामीले धोती लगाउँदा खोल्ने अरू कोही थिएनन् प्रहरी थिए। सरकारले आफ्नै मन्त्रीलाई समात्ने, गठबन्धनको सरकारले गठबन्धनको दलको नेतालाई समात्ने यस्तो पनि हुन्छ?,’ उनले भने। देशमा सुशासन गुम्दै गएको उनले बताए।

    ‘सुन काण्डदेखि बालुवाटार, एनसेल सबै काण्ड आएका छन् तर कहाँ छ सुशासन?,’ उनले भने, ‘चार जना नेता बसेपछि जतिसुकै ठूला भ्रष्टाचार पनि सामसुम हुन्छ।’ उनले आफूहरू राजनीतिक अधिकारको लागि लडिरहेको बताए।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट