Sep 08 2024 | २०८१, भदौ २३ गते

नेसपाले बोलायो केन्द्रीय कार्यकारिणी र केन्द्रीय समिति 

नेसपाले बोलायो केन्द्रीय कार्यकारिणी र केन्द्रीय समिति 

एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस २७ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस २७ २०८०
  • नेसपाले बोलायो केन्द्रीय कार्यकारिणी र केन्द्रीय समिति 

    काठमाडौँ । नेपाल समाजवादी पार्टी(नेसपा)ले केन्द्रीय कार्यकारिणी र केन्द्रीय समिति बोलाएको छ । विधान संशोधन र अनुमोदनको लागि माघ १९ गते केन्द्रीय कार्यकारिणी र २० गते केन्द्रीय समिति बैठक बोलाएको महासचिव रमेशप्रसाद यादवले जानकारी दिए । ‘विधान संशोधनका लागि केन्द्रीय कार्यकारिणी बैठक बोलाएको हो ।

    images
    images

    केन्द्रीय समिति बैठकले संशोधित विधान अनुमोदन गर्नेछ’, महासचिव यादवले भने । यसअघि मङ्सिर ६ गते बसेको केन्द्रीय समिति बैठकले विधान संशोधनका लागि वकिल कृष्ण शर्मा र हरिन्द्र यादव रहेको दुई सदस्यीय मस्यौदा समिति गठन गरेको थियो।

    समितिले मस्यौदा तयार गरिरहेको उनले बताए । मस्यौदालाई अन्तिम रूप  दिन यादवसहित सहअध्यक्ष गंगा श्रेष्ठ, उपाध्यक्ष हिसिला यमिलाई जिम्मा दिएको छ । मस्यौदामा ३०१ केन्द्रीय समिति प्रस्ताव गरेपनि त्यसलाई घटाउने प्रयास भइरहेको उनले बताए । विधानमा २ अध्यक्षात्मक प्रणालीलाई यथावत् राखिएको यादवले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट