Sep 08 2024 | २०८१, भदौ २३ गते

नागरिक उन्मुक्तिको अध्यक्षमा रेशम चौधरीको उम्मेदवारी

नागरिक उन्मुक्तिको अध्यक्षमा रेशम चौधरीको उम्मेदवारी

एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस २७ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस २७ २०८०
  • नागरिक उन्मुक्तिको अध्यक्षमा रेशम चौधरीको उम्मेदवारी

    धनगढी । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरीले उम्मेदवारी दिएका छन् । टीकापुरमा जारी महाधिवेशनको बन्दसत्रमा दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

    images
    images

    अहिलेसम्म अध्यक्षमा रेशम चौधरीले मात्र उम्मेदवारी दिएका छन् । वर्तमान अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी उनकी पत्नी हुन् टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका बेला रेमशले रञ्जिताको नेतृत्वमा दल बनाएकी थिइन् ।

    रञ्जिता सांसद र केन्द्र सरकारमा मन्त्री छिन् । राष्ट्रपतिबाट बाँकी कैद मिनाहा पाएर छुटेपछि रेशम पार्टी राजनीतिमा सक्रिय छन् । उपाध्यक्षमा १० जना र महासचिवमा गंगाराम चौधरीसहित ५ जनाको उम्मेदवारी परेको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट