Sep 08 2024 | २०८१, भदौ २३ गते

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत

एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस २७ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस २७ २०८०
  • नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत

    टीकापुर । टीकापुर घटनाका मुख्य दोषी भइ सरकारबाट आममाफी पाएका रेशमलाल चौधरी नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।

    images
    images

    टीकापुरमा जारी पार्टीको प्रथम अधिवेशनले पार्टीका संरक्षक रहेका चौधरीलाई सर्वसम्मत चयन गरेको हो ।  यसअघि चौधरीका श्रीमती रञ्जिता श्रेष्ठ पार्टी अध्यक्ष रहेकी थिइन् । अधिवेशनमा निर्धारित समयमा रेशमलाल चौधरीको मात्रै उम्मेदवारी परेको जनाइएको छ । 

    चौधरीको प्रस्तावक रोशन थापा र समर्थक सानु शाक्य थिए । पार्टीको संरक्षक रहेका चौधरी २०७४ मा कैलाली १ बाट प्रतिनिधिसभामा निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । चौधरी सर्वसम्मत भएपनि घोषणा भने गरिएको छैन । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट