Sep 08 2024 | २०८१, भदौ २३ गते

एकीकृत समाजवादीले बोलायो सचिवायल बैठक

एकीकृत समाजवादीले बोलायो सचिवायल बैठक

एभरेष्ट हेडलाइन्स
सोमबार, माघ १ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, माघ १ २०८०
  • एकीकृत समाजवादीले बोलायो सचिवायल बैठक

    काठमाडौँ। सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक आह्वान गरेको छ । आज दिउँसो १ बजे बस्नेगरी सचिवालय बैठक आह्वान भएको हो ।

    images
    images

    आजको बैठकमा आसन्न राष्ट्रिय महाधिवेशनको बारेमा छलफल हुने एकीकृत समाजवादीका एक नेताले जानकारी दिए । एकीकृत समाजवादीले पार्टीको १०औं राष्ट्रिय महाधिवेशन आगामी जेठमा गर्ने निर्णय गरेको छ ।

    त्यस्तै आज बस्ने बैठकमा आसन्न राष्ट्रिय सभा निर्वाचनकोबारेमा पनि समीक्षा हुनेछ । माघ ११ गते राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ सिटमा निर्वाचन हुँदैछ । सत्तारुढ दल एकीकृत समाजवादीले गठबन्धनमा ५ सिटमा दाबी गरेको थियो । यद्यपि उसले जम्मा २ सिटमात्र पाएको छ ।

    सिट बाँडफाँडप्रति पनि एकीकृत समाजवादी असन्तुष्ट रहेको बताइन्छ । आजको बैठकमा सोबारेमा पनि छलफल हुनेछ । सो पार्टीले यही माघ दोस्रो साता बोलाएको विधान अधिवेशनमा पेस गर्ने विधान संशोधन मस्यौदामाथि सुझाव सङ्कलन गर्न मस्यौदाको ड्राफ्ट जिल्ला तहका कार्यकर्तालाई पठाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट