Sep 08 2024 | २०८१, भदौ २३ गते

मन्त्रिपरिषद्को बैठक : कहाँ–कहाँ को भए नियुक्त ? 

मन्त्रिपरिषद्को बैठक : कहाँ–कहाँ को भए नियुक्त ? 

एभरेष्ट हेडलाइन्स
बुधबार, माघ ३ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, माघ ३ २०८०
  • मन्त्रिपरिषद्को बैठक : कहाँ–कहाँ को भए नियुक्त ? 

    काठमाडौँ । सरकारले विभिन्न सरकारी निकायमा नियुक्त गरेको छ। सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भर्खरै सम्पन्न मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा विभिन्न मन्त्रालयलको सिफारिसमा नियुक्त गरेको हो।

    images
    images

    सरकारका प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरको महाप्रबन्धकमा किरणबाबु पुनलाई नियुक्त गर्ने निर्णय गरेको छ।

    प्रवक्ता शर्माका अनुसार नै गंगलाल राष्ट्रिय हृदयरोग केन्द्रको निर्देशकमा रवि मल्ललाई नियुक्त गर्ने निर्णय निर्णय भएको। त्यस्तै, नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्षमा रमेशचन्द्र न्यौपानेलाई मनोनयन गर्ने निर्णय पनि भएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट