Sep 08 2024 | २०८१, भदौ २३ गते

बालुवाटारमा प्रचण्ड र ओलीबीच भेटवार्ता 

बालुवाटारमा प्रचण्ड र ओलीबीच भेटवार्ता 

एभरेष्ट हेडलाइन्स
मंगलबार, माघ ९ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, माघ ९ २०८०
  • बालुवाटारमा प्रचण्ड र ओलीबीच भेटवार्ता 

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । मंगलवार बिहान नेताद्वयबीच एक्लाएक्लै भेटवार्ता भएको हो ।

    images
    images

    झुलाघाट–चिवाभञ्याङ मध्यपहाडी यात्राका क्रममा जनताले दिएका सुझाव बुझाउन गएको बेला ओली र प्रचण्डबीच एक्लाएक्लै भेटवार्ता भएको हो । संक्रमणकालीन न्यायसम्बन्धी कानूनलाई अन्तिम रूप दिनेलगायत समसामयिक विषयमा उनीहरूबीच छलफल भएको ओलीनिकट एक नेताले बताए ।

    उनका अनुसार  प्रचण्डले संक्रमणकालीन न्यायको विषय टुंग्याउन लागेको भन्दै एमालेसँग सहयोग माग गरेका थिए । राष्ट्रिय सभामा एमालेलाई भागबन्डा दिनेबारे गठबन्धनमा सहमति जुट्न नसकेपछि नेताद्वबीच भेट भएको थिएन । त्यसअघि एमालेको तर्फबाट ओलीले प्रचण्डलाइ ज्ञापनपत्र बुझाएका थिए । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट