Sep 08 2024 | २०८१, भदौ २३ गते

राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि सुरु

राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि सुरु

एभरेष्ट हेडलाइन्स
मंगलबार, माघ ९ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, माघ ९ २०८०
  • राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि सुरु

    काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि गएरातिदेखि सुरु भएको छ । अब निर्वाचनमा मत माग्नेलगायत मतदाता प्रभावित पार्ने कुनै पनि गतिविधि गर्न पाइँदैन । निर्वाचन आयोगले राष्ट्रियसभाका १९ सदस्यका लागि यही माघ ११ गते हुन गइरहेको निर्वाचनको गएराति १२ बजेदेखि मौन अवधि सुरु भएको जनाएको छ ।

    images
    images

    यो अवधिमा कुनै पनि माध्यमबाट प्रचारप्रसार गर्न नपाइने आयोगले प्रष्ट पारेको छ । ‘माघ ८ गते राति १२ बजेपछि कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोस्ट वा सेयर गर्न वा गराउन नहुने हुँदा सोबमोजिम आचरण पालना गर्न–गराउन अनुरोध गरिन्छ,’ आयोगको विज्ञप्तिमा उल्लेख छ ।

    आयोगका अनुसार, राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रियसभाको रिक्त १९ सदस्यका लागि माघ ११ गते निर्वाचन हुँदैछ । जसका लागि आयोगले उक्त दिन बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्मका लागि मतदानको समय तोकेको छ । निर्वाचनमा प्रदेशसभा सदस्य र पालिकाका प्रमुख–उपप्रमुखले आफ्नो मतमार्फत राष्ट्रियसभा सदस्य चयन गर्नेछन् ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट