राजनीतिक स्वार्थका आधारमा विमानस्थल बन्नु हुँदैन : माधव नेपाल
राजनीतिक स्वार्थका आधारमा विमानस्थल बन्नु हुँदैन : माधव नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक स्वार्थका आधारमा विमानस्थल बन्न नहुने बताएका छन् ।
प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको मंगलबारको बैठकमा उनले यस्तो बताएका हुन् ।
नेपालले भने, “अहिले धेरै विमानस्थल गौचरन भएका छन् । ती सबै विमानस्थल सञ्चालन पनि हुन सक्दैन । हरेक सांसदलाई आफ्नो क्षेत्रमा विमानस्थल चाहिएको छ, त्यसमा राजनीतिक स्वार्थ जोडिनु भएन।”