Sep 08 2024 | २०८१, भदौ २३ गते

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचन सम्पन्न

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचन सम्पन्न

एभरेष्ट हेडलाइन्स
बिहीबार , माघ ११ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , माघ ११ २०८०
  • लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचन सम्पन्न

    दाङ । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचन सम्पन्न भएको छ । कूल तीन सय पाँच मतदाता रहेकोमा तीन सय तीन मत खसेको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेयले जानकारी दिए। 

    images
    images

    मतदानमा प्रदेशसभा तर्फबाट सबै ८७ मत खसेको र स्थानीय तहका दुई सय १८ मत मध्ये दुई सय १६ मत खसेको र दुई मत खस्न बाँकी रहेकामा  मतदानको समय ३ बजे सम्म रहेपनि बाँकेको नरैनापुर गाउँपालिका उपाध्यक्ष जयन्तीदेवि श्रीवास्तव र रुपन्देहीको मायादेवी गाउँपालिका उपाध्यक्ष नर्वदा उपाध्याय आउननसक्ने जानकारी गराएपछि मतदानसम्बन्धी सम्पूर्ण काम सम्पन्न भएको निर्वाचन अधिकृत पाण्डेयले बताए । 

    दुई सिटका लागि भएको निर्वाचनमा ८७ प्रदेश सभा सदस्य र दुई १८ स्थानीय तहका प्रमुख उपप्रमुख गरी तीन सय पाँच मतदाता थिए भने छ जना उम्मेदवार प्रतिष्पर्धामा छन्  । अबको केही बेरमा मत गणना थालिने उनले  जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट