images

Jul 27 2024 | २०८१, साउन १२ गते

बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

एभरेष्ट हेडलाइन्स
सोमबार, माघ २९ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, माघ २९ २०८०
  • बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

    काठमाडौँ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०/०८१ को बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ । आज सोमबार मन्त्रालयमा कार्यक्रमको आयोजना गरी अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरिएको हो । प्रतिवेदनमा आव २०८०/०८१ को छ महिनाको अवधिमा धान उत्पादन ४।३ प्रतिशतले बढेको उल्लेख छ । चालु आर्थिक वर्षमा बैंकिङ्ग क्षेत्रमा देखिएको तरलता सुधार भएको, ब्याजदर घट्दो क्रममा रहेको र शोधनान्तरस्थितिमा सुधार आएको प्रतिवेदनमा उल्लेख छ ।

    images

    बजेट खर्च र स्रोत परिचालनतर्फ चालु आवमा १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बजेट विनियोजन गरिएकोमा २०८० पौष मसान्तसम्म ५ खर्ब ७३ अर्ब ६३ करोड २९ लाख खर्च भएको छ । जुन कूल बजेटको ३२.७५ प्रतिशत हो ।

    समीक्षा अवधिमा सरकारको स्रोततर्फ ५ खर्ब ३९ अर्ब ७७ करोड ९३ लाख खर्च भएको छ । वैदेशिक अनुदानतर्फ ५ अर्ब ४० करोड ५४ लाख खर्च भएको उल्लेख छ । त्यस्तै, वैदेशिक ऋणतर्फ २८ अर्ब ४४ करोड ८२ लाख खर्च भएको छ ।

    साथै, चालु आवको अर्धवार्षिक अवधिसम्मको राजस्व प्राप्तिको अनुमान ६ खर्ब ६८ अर्ब १६ करोड ८९ लाख रहेकोमा यो अवधिमा जम्मा ५ खर्ब १५ अर्ब ३९ करोड ७६ लाख राजस्व सङ्कलन भएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार