Sep 08 2024 | २०८१, भदौ २३ गते

आयात २.३९ प्रतिशतले घट्यो, ११ खर्ब ७७ अर्ब नाघ्यो ब्यापार घाटा 

आयात २.३९ प्रतिशतले घट्यो, ११ खर्ब ७७ अर्ब नाघ्यो ब्यापार घाटा 

एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ ७ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ ७ २०८१
  • आयात २.३९ प्रतिशतले घट्यो, ११ खर्ब ७७ अर्ब नाघ्यो ब्यापार घाटा 

    काठमाडौँ । चालु आर्थिक बर्ष २०८०/८१ को १० महिनामा नेपालको बस्तु आयात २.३९ प्रतिशतले घटेको छ । 

    images
    images

    भन्सार बिभागले आज सार्वजनिक गरेको बैशाख मसान्तसम्मको बैदेशिक व्यापार सम्बन्धी तथ्यांकले यस्तो देखाएको हो ।  समीक्षा अवधिमा १३ खर्ब ३ अर्ब ३५ करोड ७० लाख रुपियाँको बस्तु आयात भएको छ । गत आवको सोही अवधीमा १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख रुपैयाँको बस्तु आयात भएको थियो । 

    यसैगरी समीक्षा अवधिमा नेपालबाट हुने बस्तु निर्यात ३.६१ प्रतिशतले घटेको छ । गत आवको समीक्षा अवधिमा १ खर्ब ३० अर्ब ९० करोड रुपियाँको बस्तु निर्यात भएको थियो । अहिले त्यो १ खर्ब २६ अर्ब १७ करोड ३५ लाख रुपियाँमा सीमित भएको छ ।  समीक्षा अवधिमा वैदेशिक व्यापारमा नेपालले ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख रुपियाँको घाटा व्यहोरेको छ । यद्यपि, यो व्यापार घाटा गत आवको सोही अवधीको तुलनामा २.२६ प्रतिशतले बढी हो । गत आवको सोही अवधीमा नेपालको व्यापार घाटा १२ खर्ब ४ अर्ब ४२ करोड २४ लाख रुपियाँको व्यापार घाटा भएको थियो ।  

    यसरी समीक्षा अवधिमा नेपालको कूल बैदेशिक व्यापार (आयात र निर्यात दुवै) को आकार १४ खर्ब २९ अर्ब ५३ करोड ५ लाख रुपियाँ कायम भएको छ । यो गत आवको सोही अवधिको तुलनामा २.५० प्रतिशत कम हो । 

    गत आवको सोही अवधिमा १४ खर्ब ६६ अर्ब २२ करोड २४ लाख रुपियाँको बैदेशिक व्यापार भएको थियो । बैदेशिक व्यापारमा आयातको हिस्सा मात्रै ९१.१७ प्रतिशत रहेको बिभागको तथ्यांकमा उल्लेख छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट