images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

मेटलाइफ ग्राहकहरूलाई १०० भन्दा बढी स्वास्थ्य संस्थानको सेवाहरुमा छुट 

मेटलाइफ ग्राहकहरूलाई १०० भन्दा बढी स्वास्थ्य संस्थानको सेवाहरुमा छुट 

बीमा पोलीसी नवीकरण गर्दा डिजिटल लाइफ कार्ड सेवा प्रदान गर्ने व्यवस्था  

एभरेष्ट हेडलाइन्स
बुधबार, असार १२ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, असार १२ २०८१
  • मेटलाइफ ग्राहकहरूलाई १०० भन्दा बढी स्वास्थ्य संस्थानको सेवाहरुमा छुट 

    काठमाडौं । मेटलाइफ नेपालले आफ्ना प्रिय ग्राहकहरूको हितलाई अभिवृद्धि गर्न डिजाइन गरिएको एक विशेष अभियान सीमित अवधिको लागि सुरु गरेको घोषणा गरेको छ । यस अभियान अन्तर्गत सक्रिय ग्राहकहरुलाई डिजिटल लाइफ कार्ड सेवा तुरुन्त उपलब्ध गराइनेछ ।

    images
    images
    images

    यो विशेष अफरको लागि योग्य हुन, मेटलाइफका ग्राहकहरूले आफ्नो कुनै पनि जीवन बीमा पोलीसीको असार ३१, २०८१ अघि आफ्नो बीमाशुल्क तिर्नु पर्नेछ । उनीहरूले वान बाई मेटलाइफ एपमा दर्ता र लग इन गरेर भुक्तानी गरेको भोलिपल्टै आफ्नो डिजिटल लाइफ कार्ड प्राप्त गर्न सक्नेछन् । यो सुविधाद्वारा ग्राहकहरूले तुरुन्तै आफ्नो स्वास्थ्य आवश्यकताहरूलाई पूर्ति गर्न विभिन्न छुटहरुको फाइदा लिन सक्नेछन् ।
     
    लाइफ कार्डले ग्राहकहरूलाई अस्पताल, क्लिनिक, स्वास्थ संस्था र स्पा सहित १०० भन्दा बढी स्वास्थ्य र कल्याण केन्द्रहरूमा छुट दिन्छ । यस पहलले मेटलाइफ नेपालको परम्परागत बीमा कभरेजभन्दा बाहिरका महत्त्वपूर्ण लाभहरू प्रदान गर्दै ग्राहकहरूलाई सुलभ रुपमा स्वास्थ सेवा प्रदान गर्ने प्रतिबद्धतालाई झल्काउँछ ।

    मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने, “यस अभियान मार्फत हामीले हाम्रा ग्राहकहरुका लागि स्वास्थ्य सेवालाई सहज बनाउँदैछौँ । यसले हाम्रा ग्राहकहरूमा पार्ने सकारात्मक प्रभावको बारेमा हामी उत्साहित छौं र उनीहरूको स्वास्थ्य सेवामा पहुच पुर्याउने तरिकाहरूमा नवप्रवर्तन गर्न जारी राख्न तत्पर छौं ।“

     

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार