images

Jul 03 2024 | २०८१, असार १९ गते

महाकाली बगेर एक मजदुर बेपत्ता

महाकाली बगेर एक मजदुर बेपत्ता

एभरेष्ट हेडलाइन्स
आइतबार, असार १६ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, असार १६ २०८१
  • महाकाली बगेर एक मजदुर बेपत्ता

    कञ्चनपुर । कञ्चनपुरमा  महाकाली नदीमा बगेर आज दिउँसो एक मजदुर बेपत्ता भएका छन् ।

    images
    images

    महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माण कम्पनीमा कार्यरत मजदुर माछा मार्न महाकाली गएका बेला बगेर बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार महाकालीमा बगेर सुर्खेतको बराहताल गाउँपालिका–४ साजघाटका धनबहादुर गुरुङ बेपत्ता भएका हुन् ।

    बेपत्ता गुरुङको खोजी गर्न प्रहरीले गोताखोर टोली परिचालन गरेको छ । उनी कम्पनीमै कार्यरत अन्य मजदुरसँग माछा मार्न महाकाली गएका थिए । वर्षाका कारण महाकाली नदीमा पानी बहाव बढेकाले खोजबिन गर्न प्रहरीलाई समस्या भएको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट