images

Jul 03 2024 | २०८१, असार १९ गते

प्रतिनिधि सभाले सक्यो बजेट सम्बन्धी सबै काम, एकैदिन तीन वटा विधेयक पारित 

प्रतिनिधि सभाले सक्यो बजेट सम्बन्धी सबै काम, एकैदिन तीन वटा विधेयक पारित 

एभरेष्ट हेडलाइन्स
आइतबार, असार १६ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, असार १६ २०८१
  • प्रतिनिधि सभाले सक्यो बजेट सम्बन्धी सबै काम, एकैदिन तीन वटा विधेयक पारित 

    काठमाडौँ । प्रतिनिधि सभाले बजेट पारित गर्ने सबै प्रक्रिया सम्पन्न गरेको छ । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बजेट अन्तर्गतका आर्थिक विधेयक, राष्ट्रऋण विधेयक र भन्सार महशुलसम्बन्धी विधेयक पारित भएसँगै नयाँ आर्थिक वर्षको बजेटसम्बन्धी काम पूरा गरेको हो ।

    images
    images

    विनियोजन विधेयक भने केही दिन अघि नै पारित भइसकेको छ ।  प्रतिनिधि सभाबाट पारित विधेयक अब राष्ट्रिय सभामा सामान्य छलफल भएर पारित भइ प्रतिनिधि सभामा फर्केपछि सभामुखले प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउनेछन् । राष्ट्रियसभाले पारित नगरे पनि बजेट कार्यान्वयन नरोकिने भएकोले नयाँ आर्थिक वर्षको बजेटको कामले संसदीय प्रक्रियाबाटै पूर्णता पाएको छ । 

    बजेट आउने अघिल्लो दिनसम्म पनि बजेट संसदमा प्रस्तुत हुन्छ कि अध्यादेशस्वरुप सिंहदरबारमा हुन्छ भन्ने अन्योल कायमै थियो । नेपाली कांग्रेसले उठाएको संसदीय छानबिन समिति गठन गर्ने माग पूरा गर्न सत्तारुढ दलहरु उदासिन हुँदा संसदमा दैनिक रुपमै समस्या देखिएको थियो ।  

    छानबिन समिति गठन गर्ने सहमतिसँगै संसदमै बजेट पेश भए पनि यो बीचमा सत्तारुढ दलकै असन्तुष्टिका कारण बजेट फेल हुने हो कि भन्ने संकेत समेत देखिएको थियो । सत्तारुढ दलले नै बजेटप्रति देखाएको असन्तुष्टि र राजनीतिक नियुक्तिसम्बन्धी केही लफडाका कारण अन्तिम समयसम्म पनि बजेट नै फेल हुने हो कि भन्ने आशंकाबीच बजेट पारितको प्रक्रिया सकिएको हो । 

    आजको बैठकमा खासगरी सांसदहरुले आर्थिक विधेयकको दफा ५७ को संशोधन, अत्यधिक आन्तरिक ऋण लिने प्रस्ताव तथा आयातीत कृषि उपजहरुमा अग्रिम आयकरका विषयमा प्रश्न उठाएका थिए । उक्त प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री वर्षमान पुनले आफूले असल नियतले नै यी व्यवस्थाहरु संशोधन गरेको दाबी गरे । 

    उनले आयकर ऐनको दफा ५७ मा गरिएको संशोधन साना तथा स्टार्टअप व्यवसाय प्रवद्र्धनका लागि गरिएको समेत उल्लेख गरे । त्यस्तै, कृषिमा अग्रिम आयकरको व्यवस्था भ्याटको बदलामा गरिएको र यसले आन्तरिक उत्पादनलाई प्रवद्र्धन गर्न सहयोग पुग्ने उनको दाबी थियो । 

    आन्तरिक ऋणको सम्बन्धमा विद्यमान कानूनले दिएको सीमा ननाघ्नेगरी खर्चको आवश्यकताको आधारमा ३ खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागिएको उनको भनाइ रहेको थियो ।

    दोस्रोपटक अर्थमन्त्री भएका पुनले पहिलोपटकको १९ महिने कार्यकालमा समेत बजेट ल्याउन पाएका थिएनन् । झण्डै ११ वर्षपछि दोहोर्याएर अर्थमन्त्री बनेका उनले संसदीय प्रक्रियाबाटै बजेट ल्याएर पास गर्न सफल भएका हुन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट