Sep 08 2024 | २०८१, भदौ २३ गते

एमाले-कांग्रेसबीचको गठबन्धन अस्वभाविक : माओवादी

एमाले-कांग्रेसबीचको गठबन्धन अस्वभाविक : माओवादी

एभरेष्ट हेडलाइन्स
मंगलबार, असार १८ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, असार १८ २०८१
  • एमाले-कांग्रेसबीचको गठबन्धन अस्वभाविक : माओवादी

    काठमाडौं । माओवादी केन्द्रले कांग्रेस-एमालेबीच भएको सहमति स्वाभाविक नभएको टिप्पणी गरेको छ ।

    images
    images

    माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले प्रधानमन्त्री प्रचण्डको भनाइ उदृत गर्दै देश अग्रमनतिर जानेभन्दा पनि पश्चमगमनतिर जाने संकेतहरु देखापरेको बताएको जानकारी दिएका छन् । नेकपा माओवादी केन्द्रको अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार बिहान पार्टी पदाधिकारी बैठकमा बिफ्रिङ गर्दै देश पश्चगमनतर्फ जानसक्ने खतरा देखिएको बताएका छन् ।

    साथै सापकोटाले एमाले–कांग्रेसबीचको गठबन्धन प्राकृतिक र स्वभाविक नदेखिएको बताए । उनले वर्तमान सरकार बनेदेखि भ्रष्टाचारका विरुद्धमा ठूला-ठूला काम भएको र अन्तर्राष्ट्रिय क्षेत्रमा समेत सकारात्मक सन्देश गएको बेला कांग्रेस र एमालेले नयाँ सहमति गरेको बताए । उनले वर्तमान संविधानमा लोकतन्त्रका नयाँ मूल्य मान्यता पनि समावेश भएको बताउँदै राम्रोसँग अभ्यास नै नगरी संशोधन गरिने कुरालाई प्रत्याशित मान्न नसकिने बताए । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट