Sep 08 2024 | २०८१, भदौ २३ गते

नारायणी नदीको बहाव २ लाख क्युसेक नाघेपछि गण्डक नहरका सबै ढोका खोलियो 

नारायणी नदीको बहाव २ लाख क्युसेक नाघेपछि गण्डक नहरका सबै ढोका खोलियो 

एभरेष्ट हेडलाइन्स
शनिबार, असार २२ २०८१
एभरेष्ट हेडलाइन्स
शनिबार, असार २२ २०८१
  • नारायणी नदीको बहाव २ लाख क्युसेक नाघेपछि गण्डक नहरका सबै ढोका खोलियो 

    काठमाडौँ ।  देशका धेरैजसो ठाउँमा गएरातिदेखि लगातार ठूलो पानी परिरहेको छ । विशेष गरेर बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका सबैजसो ठाउँमा ठूलो पानी परिरहेको छ ।

    images
    images

    बारा, सिन्धुली, काभ्रे, काठमाण्डौ उपत्यका, मकवानपुर, चितवन, तनहुँ, लमजुङ, कास्की, गोरखा, प्युठान, गुल्मी, पाल्पा, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, स्याङ्जा, पर्वत, म्याग्दी, दाङ, बाँके, बर्दिया, कञ्चनपुरलगायतका जिल्लामा अहिले पनि भारी वर्षा भइरहेको छ ।

    २४ घण्टामा सबैभन्दा धेरै पाल्पाको कुमालगाउँमा ४ सय मिलिमिटरभन्दा धेरै पानी परेको छ । यस्तै पाल्पाकै जाल्पामा ३ सय ५, स्याङ्जाको मालुङामा २ सय ७७, दाङको लमहीमा २ सय ७१, लमजुङको राइनासमा १ सय ८२, ललितपुरको लेलेमा १ सय ८०, नवलपरासीको डन्डामा १ सय ७१, बाँकेको कुसुममा १ सय ७९ मिलिमिटर पानी परेको छ ।

    वर्षासँगै ठाउँठाउँमा बाढीले सतर्कता तह पार गरेको छ । पश्चिम राप्ती, बबई, नारायणी, कालीगण्डकी र कोशी नदीमा बाढी कतै सतर्कता तह र कतै खतराकै तहमा पुगेको छ ।

    ललितपुरको खोकनामा बाग्मती नदी, सिन्धुपाल्चोकको नाकोटेमा मेलम्ची र कपिलवस्तुको बनगाईमा कोइली नदी अहिले खतराको तहभन्दा माथि पुगेका छन् । विमलनगरमा मर्स्याङ्दी नदी, चितवनको देवघाट र नारायणी पुलमा नारायणी नदी, भक्तपुरको जगातेमा हनुमन्ते खोला, बाँकेको कुसुममा पश्चिम राप्ती, पर्वतको नयाँपुलमा मोदीलगायतका नदी सतर्कता तहमा पुगेका छन् ।

    नारायणी नदीमा पानीको सहत बढ्दै गएर २ लाख क्युसेकभन्दा माथि पुगेको छ । तल्लो तटीय क्षेत्रका स्थानीयवासी त्रसित बनेका छन् । यो बर्खामा अहिलेसम्म नारायणीमा १ लाख क्युसेक पनि नपुगेकोमा आज पानीको सतहले २ लाख क्युसेक नाघेको हो । आज बिहान ६ बजे ८८ हजार ३ सय क्युसेक रहेको पानी दिउँसो २ बजे बढेर २ लाख १८ हजार क्युसेक पुगेको हो । सुस्ता गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ का स्थानीय बढी जोखिममा छन् ।

    नारायणी नदीमा पानीको तह ११ मिटर पुग्नुलाई खतराको सङ्केत मानिन्छ । अहिले नारायणीमा पानीको सतह ११ मिटर २१ सेन्टिमिटर रहेको जल तथा मौसम विज्ञान विभागको तथ्याङ्कले देखाएको छ । बाढीले सतर्कता तह नाघेपछि भारतसँगको समन्वयमा गण्डक नहरका सबै ३६ वटै ढोका खोलिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट