Sep 08 2024 | २०८१, भदौ २३ गते

तनहुँ पहिरो अपडेट : दुई जनाको शव फेला

तनहुँ पहिरो अपडेट : दुई जनाको शव फेला

एभरेष्ट हेडलाइन्स
आइतबार, असार २३ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, असार २३ २०८१
  • तनहुँ पहिरो अपडेट : दुई जनाको शव फेला

    तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ स्थित काउरेको पहिरोमा परी बेपत्ता दुई जनाको शव आइतबार बिहान फेला परेको छ । शुक्रबारदेखि परेको अविरल झरीले हिरा नेपाली र सुनमाया कुमालको घरमाथिबाट आएको पहिरोमा परी ३ जना बेपत्ता भएका थिए । ४० वर्षीया हिरा नेपालीको शव शनिबार बेलुका नै फेला परेको थियो ।

    images
    images

    हीरा नेपाली र सुनमाया कुमालको घरभित्र रहेको सामान निकाल्ने क्रममा उनीहरु पहिरोमा पुरिएका थिए । पहिरोमा परी ४० वर्षीय विष्णुबहादुर नेपाली, २६ वर्षीय विशाल तिमिल्सिना, ३५ वर्षीय रवि घिमिरे, १८ वर्षीया रुपकुमारी नेपाली र १५ वर्षीय विमल नेपाली घाइते भएका छन् । घाइतेको  शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ । 

    वर्षाले ग्रामीण सडक अवरुद्ध

    शुक्रबारदेखि परेको वर्षाका कारण तनहुँका मुख्य तथा ग्रामीण सडक अवरुद्ध भएका छन् ।  शनिबार पहिरो गएपछि विभिन्न ठाउँका सडक अवरुद्ध भएका हुन् । भिमाद नगरपालिका–२ हुँदै जाने विभिन्न सडक पहिराका कारण अवरुद्ध भएको वडाध्यक्ष दिनेशकुमार थापाले जानकारी दिए । भिमकाली, मिर्दी, किहुँ, उत्तरदक्षिण, बिरुवा, खुदेपानी, धरमपानी हुँदै बडहरभञ्ज्याङ तथा भित्री सडक वर्षाका कारण अवरुद्ध भएका छन् । 

    यस्तै घिरिङ गाउँपालिका–२ बैडी सडकखण्ड पनि पहिरोले अवरुद्ध छ । शुक्लागण्डकी नगरपालिका–५ पाटनमा पहिरो खसेपछि उक्त खण्ड अवरुद्ध भएको छ । प्रहरी नायब उपरीक्षक दीपककुमार रायका अनुसार पानी परिरहेकाले पहिराको जोखिम कायमै रहेको छ ।

    उनले भने, “सडक खुलाउने प्रयास भइरहेको छ । पोखरा आउजाउ गर्न वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेका छौँ ।” दमौलीबाट पोखरा जान भोर्लेटारचोकबाट कलेस्ती, दुइपिप्ले, पोल्याङ, राजाको चौतारा हुँदै जान सकिन्छ । 

    पृथ्वीराजमार्गको शेराखण्ड १२ घण्टामा खुल्यो

    पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेरामा कल्भर्ट बगाएर अवरुद्ध भएको सडक १२ घण्टापछि खुलेको छ । शनिबार दिउँसो ४ बजे वर्षाका कारण फेदीखोलामा आएको बाढीले कल्भर्ट बगाउँदा अवरुद्ध भएको उक्त खण्ड आज बिहान ४ः५५ बजेदेखि सञ्चालनमा आएको हो । 

    खोलाले बगाएको ठाउँमा पुनः कल्भर्ट राखेर सवारीसाधन सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब निरीक्षक सन्तोष पौडेलले जानकारी दिए । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट