Sep 08 2024 | २०८१, भदौ २३ गते

सहकारी पीडितको बचत रकम सरकारले फिर्ता गर्दैन : सूर्य थापा

सहकारी पीडितको बचत रकम सरकारले फिर्ता गर्दैन : सूर्य थापा

एभरेष्ट हेडलाइन्स
सोमबार, असार २४ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, असार २४ २०८१
  • सहकारी पीडितको बचत रकम सरकारले फिर्ता गर्दैन : सूर्य थापा

    काठमाडौँ । सहकारी छानबिन संसदीय समितिले सहकारी पीडितको बचत रकम सरकारले फिर्ता गर्न नसक्ने अवस्था रहेको जनाएको छ । समितिले सम्बन्धित सहकारीबाट नै फिर्ता गराउनुपर्ने प्रस्ट पारेको छ । 

    images
    images

    सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा सभापति सूर्य थापाले अहिले अर्थतन्त्रको अवस्था हेर्दा सरकारले पीडितहरूको बचत फिर्ता गर्न सक्ने अवस्था नरहेको भन्दै कानुनी प्रक्रियाबाट सञ्चालकबाट नै फिर्ता गर्नुपर्ने व्यवस्था मिलाउनुपर्ने जनाए ।  

    उनले भने,‘मुलुकको अर्थतन्त्रको अवस्था हेर्दा सरकारले सहकारी पीडितहरूको बचत फिर्ता गर्न सक्छ जस्तो लाग्दैन । बचत जसले सङ्कलन गर्‍यो र दुरुपयोग गर्‍यो सम्बन्धित सहकारीको मुख्य काम फिर्ता गर्ने हो । त्यसैले सहकारी सञ्चालकले आर्जन गरेको चल अचल सम्पत्ति छ त्यही भित्रबाट प्रक्रिया मिलाएर फिर्ता गराउनुपर्छ ।’ 

    उनले सहकारी क्षेत्र समस्याग्रस्त भएको भए तापनि आम रूपमा सहकारीको सिद्धान्त र मूल्य मान्यता अन्तर्गत सञ्चालित सहकारीहरूमा कुनै समस्या नरहेको बताए । फरक ढङ्गले बचत जम्मा गर्ने र दुरुपयोग गर्ने साथै सहकारीको सामान्य सिद्धान्त विपरीत चलेका सहकारीमा समस्या रहेको भन्दै त्यसको समाधान गर्न छलफल जारी रहेको उनको भनाइ छ । 

    उनले भने,‘सहकारी क्षेत्र समस्याग्रस्त भएको भए तापनि आम रूपमा सहकारीको सिद्धान्तको मूल्य मान्यता अन्तर्गत सञ्चालित फेस टु फेस सदस्यहरूले एकले अर्कालाई चिन्ने, मर्म र मान्यता अनुसार चलेका सहकारीहरूमा समस्या छैन । फरक ढङ्गले बचत जम्मा र दुरुपयोग गर्ने सहकारीको सामान्य सिद्धान्त विपरीत चलेका व्यक्ति र संस्थाहरूमा मुख्य समस्या पाइयो । यसमा समाधान गर्न छलफल गरेका छौँ ।’ 

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट