Sep 08 2024 | २०८१, भदौ २३ गते

वान बाइ मेटलाइफ एपलाई इन्स्योरेन्स एसिया अवार्ड २०२४ मा दुईवटा अवार्डद्वारा सम्मान 

वान बाइ मेटलाइफ एपलाई इन्स्योरेन्स एसिया अवार्ड २०२४ मा दुईवटा अवार्डद्वारा सम्मान 

एभरेष्ट हेडलाइन्स
बुधबार, असार २६ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, असार २६ २०८१
  • वान बाइ मेटलाइफ एपलाई इन्स्योरेन्स एसिया अवार्ड २०२४ मा दुईवटा अवार्डद्वारा सम्मान 

    सिंगापुर । मेटलाइफ नेपालको सर्वश्रेष्ठ वान बाइ मेटलाइफ एपद्वारा हिजो सिंगापुरमा आयोजित नवौं इन्स्योरेन्स एसिया अवार्ड २०२४ मा दुई प्रतिष्ठित अवार्ड जितेको छ । यस एपलाई दुई उच्च प्रतिस्पर्धात्मक विधाः डिजिटल इन्स्योरेन्स इनिसिएटिभ अफ द इयर–नेपाल र मार्केटिङ इनिसिएटिभ अफ द इयर–नेपालमा सम्मानित गरिएको थियो । यी अवार्डहरूले मेटलाइफको नेपालमा नवप्रवर्तन, ग्राहक केन्द्रित सेवाहरू र मार्केटिङ उत्कृष्टताप्रति प्रतिबद्धता झल्काएका छन् ।

    images
    images

    कार्यक्रममा अवार्ड ग्रहण गर्न, मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठ, मार्केटिङ तथा कम्युनिकेसन प्रमुख अंकित राजभण्डारी र मेटलाइफको क्षेत्रीय टोलीका अन्य सदस्यहरुको उपस्थिति रहेको थियो । इन्स्योरेन्स एसिया अवार्डले नवीन उत्पादन, सेवा र समाधानहरू मार्फत आफ्ना ग्राहकहरूमा महत्त्वपूर्ण प्रभाव पार्ने बीमा कम्पनीहरूलाई सम्मान गर्दै आएको छ । यस वर्षको जूरी सदस्यहरूको प्यानलमा एसिया प्यासिफिक क्षेत्रका विभिन्न कम्पनीहरूका उद्योग विशेषज्ञहरू समावेश थिए ।

    मेटलाइफ नेपालका महाप्रबन्धक, निर्मलकाजी श्रेष्ठले भने, “वान बाइ मेटलाइफले प्रयोगकर्ताहरूलाई स्वस्थ जीवनयापन गर्न मद्दत गरेर, र उनीहरूलाई आवश्यक परेको बेला स्वास्थ्य सेवा र स्रोतहरूमा पहुँच प्रदान गरेर विश्वास र संलग्नता जितेको छ । एपले प्रयोगकर्ताहरूलाई आफ्नो बीमा कभरेज अनलाइन व्यवस्थापन गर्न सजिलो र सुविधाजनक बनाउँछ । यस सम्मानले हाम्रा ग्राहकहरूको भविष्य सुरक्षित गर्नका लागि राम्रो समाधानहरू प्रदान गर्ने हाम्रो अभियानलाई अझ उत्प्रेरित गरेको छ ।“

    सेप्टेम्बर २०२३ मा लन्च गरिएको वान बाइ मेटलाइफले, प्रयोगकर्ता–मैत्री प्लेटफर्ममा बीमा र उच्च–गुणस्तरका स्वास्थ्य सेवाहरूलाई निर्बाध रूपमा एकीकृत गरेकोमा डिजिटल इन्स्योरेन्स इनिसिएटिभ अफ द इयर – नेपाल अवार्ड जितेको छ । यस एपले नेपालमा पहिलो पटक व्यापक ३६०हेल्थ सेवाहरू प्रदान गर्दै आफ्ना ग्राहकहरुलाई स्वास्थ्य सेवा प्रयोगमा सहजीकरण गरेको छ । एपको अद्वितीय विशेषता भनेको यसको एआई–संचालित स्वास्थ्य मूल्याङ्कन उपकरण हो, जसले अनुहारको स्क्यानद्वारा व्यक्तिगत स्वास्थ्य सम्बन्धि रिपोर्ट प्रदान गर्दछ जसले यसलाई बजारमा अतुलनीय सेवाको रूपमा भिन्न गरेको छ । 

    मेटलाइफ नेपालले एपको सुरुवात सम्बन्धि गरेको एकीकृत मार्केटिङ अभियानले मार्केटिङ इनिसिएटिभ अफ द इयर – नेपाल अवार्ड जितेको छ । यस अभियानले नेपाली बजारमा एपलाई व्यापक रूपमा अपनाउन र मान्यता प्राप्त गर्न परम्परागत र डिजिटल मार्केटिङ उपकरणको प्रयोग गरेको थियो । एपको लोकप्रियता बढ्ने क्रममा, यस एपले १,५०,००० भन्दा बढी डाउनलोड र ४५,००० दर्ताका साथ गुगल प्ले स्टोर र आईओएस एप स्टोर दुबैमा ४ भन्दा बढी रेटिङ र गुगल प्ले स्टोरमा नेपालको ९औं सबैभन्दा लोकप्रिय वित्तीय सेवा एपको गौरव प्राप्त गरेको थियो ।

     

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट