Sep 08 2024 | २०८१, भदौ २३ गते

साङ्गठनिक कार्ययोजना परिमार्जनसहित पारित

साङ्गठनिक कार्ययोजना परिमार्जनसहित पारित

एभरेष्ट हेडलाइन्स
बिहीबार , असार २७ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , असार २७ २०८१
  • साङ्गठनिक कार्ययोजना परिमार्जनसहित पारित

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)केन्द्रीय सङ्गठन विभागको अठारौँ बैठकले पार्टी शुद्धीकरण तथा सुदृढीकरणका काममा केन्द्रित हुनेगरी सङ्गठनसम्बन्धी वार्षिक कार्ययोजना पारित गरेको छ ।

    images
    images

    पार्टीको केन्द्रीय कमिटीद्वारा जारी हुने वार्षिक कार्ययोजनाबाट निर्देशित भएर अन्तिम रूप दिनेगरी विभागको बैठकमा प्रस्तुत कार्ययोजना छलफलपछि परिमार्जनका साथ पारित गरिएको  विभाग सचिव माधव ढुङ्गेलले जानकारी दिए ।

    यही असार २५ र २६ गते एमालेका अध्यक्ष केपी शर्मा ओलीका प्रमुख आतिथ्यमा भएको विभागको बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शङ्कर पोखरेल उपस्थित थिए ।

    एमालेमा गत जेठसम्ममा नेकपा (एमाले)का ६६ जिल्ला, तीन सय ७१ पालिका र दुई हजार एक सय ९९ वडा अधिवेशन सम्पन्न भइसकेका छन् । त्यसैगरी गैरभौगोलिक १० जिल्ला, एक सय १५ इलाका र एक सय ६६ शाखा तहका पार्टी कमिटीका अधिवेशन सम्पन्न भइसकेका छन् । एमालेको बुधबार सम्पन्न सचिवालयको बैठकले आगामी कात्तिकभित्र बाँकी ११ जिल्लाको अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट