Sep 08 2024 | २०८१, भदौ २३ गते

पहिरोले दुई बस बगाउँदा त्रिशूलीमा बेपत्ता

पहिरोले दुई बस बगाउँदा त्रिशूलीमा बेपत्ता

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार २८ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार २८ २०८१
  • पहिरोले दुई बस बगाउँदा त्रिशूलीमा बेपत्ता

    चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस  बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६५  जना रहेका बताइएको छ ।

    images
    images

    घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका हुन् । 

    प्रजिअ यादवका अनुसार  गौर जाँदै गरेको बसमा ४१  र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । उनले भने, “हामी घटनास्थलमा छौँ । पानी परिरहेकाले छ । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरु गरिएको छ ।” उनले ती बसमा रहेका यात्रुको  यकिन विवरण प्राप्त भइ नसकेको बताए ।  

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट