Sep 08 2024 | २०८१, भदौ २३ गते

पृथ्वी राजमार्ग राति १० देखि बिहान ३ बजेसम्म बन्द हुने

पृथ्वी राजमार्ग राति १० देखि बिहान ३ बजेसम्म बन्द हुने

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार २८ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार २८ २०८१
  • पृथ्वी राजमार्ग राति १० देखि बिहान ३ बजेसम्म बन्द हुने

    काठमाडौं । सडक विभागले पृथ्वी राजमार्गअन्तर्गत नौबिसे मलेखु सडकखण्डमा पर्ने गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरे खोलाका पुल मर्मत गर्नुपर्ने भएकाले राति १० देखि बिहान ३ बजेसम्म बन्द गर्ने भएको छ । 

    images
    images

    सडक प्रयोगकर्तालाई हुनसक्ने जोखिम तथा यातायात आवागमनमा बाधा पर्न जाने देखिएकाले सम्भावित जोखिमलाई दृष्टिगत गरी उक्त सडक बन्द गर्ने निर्णय भएको विभागले जनाएको छ । ‘गत बुधबारदेखि आगामी साउन ९ गतेसम्म हरेक दिन राति १० बजेदेखि बिहान ३ बजेसम्म सम्पूर्ण सवारीसाधनलाई (एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनबाहेक) पूर्ण रूपमा रोकिने व्यहोरा जानकारी गराइन्छ’, विभागद्वारा जारी सूचनामा भनिएको छ ।

    विभागले वैकल्पिक मार्गका रूपमा गल्छी– विदुर– छहरे– टोखा सडक प्रयोग गर्न सम्बद्ध सबैलाई आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट