Sep 08 2024 | २०८१, भदौ २३ गते

पानी बढी परेमा आपत्कालीन अवस्था लागू गर्न सुझाव

पानी बढी परेमा आपत्कालीन अवस्था लागू गर्न सुझाव

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार २८ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार २८ २०८१
  • पानी बढी परेमा आपत्कालीन अवस्था लागू गर्न सुझाव

    काठमाडौँ । भिरालो र पहिरोको जोखिम भएको जमिनमा २४ घण्टामा एक सय ५० मिलिमिटरभन्दा बढी पानी परेमा आपत्कालीन अवस्था लागू गर्नुपर्ने भूगर्भविद् डा रञ्जनकुमार दाहालले सुझाव दिएका छन्।

    images
    images

    त्रिभूवन विश्वविद्यालयका भू–विपद् विशेषज्ञ एवं अन्तर्राष्ट्रिय इञ्जिनियरिङ भू–विज्ञानका उपाध्यक्ष डा दाहालले विपद्को अवस्था हरेर आपत्कालीन अवस्था घोषणा नगरे अझै ठूलो धनजनको क्षति हुनसक्ने बताए । उनका अनुसार ठाडो काटिएका भिर अति जोखिम हुने भएकाले थप क्षति रोक्न आपत्कालीन अवस्था लागू गर्नुपर्नेछ । 

    “मुग्लिङ सडकको पहिरोले आज बिहानै दुईवटा बस त्रिशुली नदीमा खस्दा करिब ६५ जना बेपत्ता भएका छन् । अरु केही गर्न नसके पनि एक दिनमा एक ४४ मिलिमिटरभन्दा बढी पानी परेको चेतावनी पाएपछि मुग्लिङ सडकमा आवागमन रोकेमा थप क्षति हुनबाट बच्न सकिन्छ”, भू–विपद् विशेषज्ञ दाहालले भने, “तत्काल सबै तहका सरकार खोजी तथा उद्धारमा संग्लन भई सुरक्षाका लागि सम्बन्धित सबै निकायलाई परिचालन गराउनुपर्छ ।”

    पृथ्वीराजमार्ग र मुग्लिङ–नारायणगढ सडकमा पाँच हजारभन्दा बढी नेपाली सेना, सशत्र प्रहरी र नेपाल प्रहरी उद्धारमा खटिनुपर्नेमा दाहालले जोड दिए । भू–विपद्को यो विषम परिस्थितिलाई तत्काल उचित सम्बोधन गर्न आवश्यक रहेको उनले बताए ।

    नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूली नदीमा करिब ६५ जना यात्री बेपत्ता भएका छन् । घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका हुन् । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट