Sep 08 2024 | २०८१, भदौ २३ गते

सरकार परिवर्तन स्वाभाविक संसदीय अभ्यास हो : अशोककुमार राई

सरकार परिवर्तन स्वाभाविक संसदीय अभ्यास हो : अशोककुमार राई

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार २८ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार २८ २०८१
  • सरकार परिवर्तन स्वाभाविक संसदीय अभ्यास हो : अशोककुमार राई

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य अशोककुमार राईले सरकार परिवर्तन स्वाभाविक संसदीय अभ्यास रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उनले विश्वास र अविश्वासको मत सामान्य र संसदीय अभ्यास रहेको बताएका हुन् । 

    images
    images

    उनले आफ्नो पार्टीले प्रधानमन्त्री दाहालको विपक्षमा मतदान गर्ने जानकारी गराए । “जसपाले विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । अहिले विश्वास अविश्वासमा र अविश्वास विश्वासमा छिटोछिटो परिणत हुने गरेको छ”, उनले, “विश्वास र अविश्वासबाट मुलुकको राजनीति गुज्रिरहेका बेला सरकार बदलिने कुरा संसदीय अभ्यास हो, यसबाट कोही विचलित हुनुपर्दैन ।”

    सांसद राईले नेपाली कांग्रेस र नेकपा (एमाले) ले मुलुकको हितका लागि सहमति गरेको विश्वासका आधारमा समीकरणलाई समर्थन गरेको बताए । “संविधान संशोधन गर्नुपर्छ, अझै अग्रगामी किसिमले अगाडि लानुपर्छ, दुई ठूला दलसँग संविधान संशोधनका सवालमा छलफल गर्न तयार छौँ”, उनले भने ।  

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट