Nov 24 2024 | २०८१, मंसिर ९ गते

images

त्रिशूलीमा बेपत्ता बस र यात्रुहरुको वाटर ड्रोनमार्फत  खोजीकार्य सुरु  

त्रिशूलीमा बेपत्ता बस र यात्रुहरुको वाटर ड्रोनमार्फत  खोजीकार्य सुरु  

एभरेष्ट हेडलाइन्स
शनिबार, असार २९ २०८१
एभरेष्ट हेडलाइन्स
शनिबार, असार २९ २०८१
  • त्रिशूलीमा बेपत्ता बस र यात्रुहरुको वाटर ड्रोनमार्फत  खोजीकार्य सुरु  

    काठमाडौँ। शुक्रबार नारायणी नदीमा दुई यात्रुवाहक बस दुर्घटनामा परी बेपत्ता भएकाहरुको पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाईपलाइन इन्सपेक्सन सिस्टम  सहित खोजीकार्य सुरु भएको छ । र्याफ्टबोटमा जडान गरेर पानी भित्रको बस्तुहरु हेर्न सोनार क्यामराले सहयोग पुर्याउँछ ।

    images
    images
    images

    सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ९ जना गोताखोरसहित २५ जना र नं. १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्त सहित ३५ जनाको सुरक्षा फौज उनीहरुको खोजीकार्यमा परिचालित भएको छ ।

    साथै नेपाली सेना र नेपाल प्रहरी समेत परिचालित रहेका छन् ।बीरगंजबाट काठमाडौतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस भरतपुर महानगरपपालिका–२९ सिमलताल हिजो (शुक्रबार) बिहान नारायणी नदीमा खसेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार