Sep 08 2024 | २०८१, भदौ २३ गते

चितवन घटनाको अध्ययन गर्न कार्यदल गठन

चितवन घटनाको अध्ययन गर्न कार्यदल गठन

एभरेष्ट हेडलाइन्स
सोमबार, असार ३१ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, असार ३१ २०८१
  • चितवन घटनाको अध्ययन गर्न कार्यदल गठन

    काठमाडौँ । नवनियुक्त गृहमन्त्री रमेश लेखकले चितवनमा पहिरोले बगाएर दुई यात्रु बस त्रिशूली नदीमा बेपत्ता भएको घटनाको अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गरेका छन् ।

    images
    images

    मन्त्रालयमा आज पदबहालीपश्चात् उनले सहसचिव छवि रिजालको नेतृत्वमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधि सम्मिलित कार्यदल गठन गरेका हुन्।
     
    कार्यदलले घटनाका कारण र आगामी दिनमा त्यस्ता घटना हुन नदिन अपनाउनुपर्ने उपायसम्बन्धमा सुझाव दिने तथा बसमा सवार यात्रुका परिवारलाई राहत उपलब्ध गराउने सन्दर्भमा पनि अध्ययन गर्नेछ । उक्त कार्यदललाई १० दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
     
    मन्त्री लेखकले ‘चौथो अपराध अनुसन्धान तथा नियन्त्रण कार्ययोजना (२०८१/८२ देखि २०८३/०८४)’ स्वीकृत गरे ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट