Sep 08 2024 | २०८१, भदौ २३ गते

साउनको पहिलो दिन, पशुपतिनाथमा भक्तजनको बिहानैदेखि घुइँचो

साउनको पहिलो दिन, पशुपतिनाथमा भक्तजनको बिहानैदेखि घुइँचो

एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन १ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन १ २०८१
  • साउनको पहिलो दिन, पशुपतिनाथमा भक्तजनको बिहानैदेखि घुइँचो

    काठमाडौँ । आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । अहिले पशुपतिनाथमा भक्तजन पूजाअर्चनाका लागि लाइन लागेका छन् ।

    images
    images

    साउन महिनाभर देशभरका शिवालयसहित पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष पूजाआजा हुने गर्दछ ।  पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले  पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनको पूजाआजाका  लागि घुइँचो लागेको राससलाई जानकारी दिए ।

    उनले भने, “साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ । पशुपतिनाथ मन्दिरमा पनि भक्तजनको विशेष भीड लागेको छ ।” आजदेखि साउनभरिमा पशुपति क्षेत्रमा कोटीहोम र शिवपुराणको पाठ पारायणजस्ता कार्यक्रम राखिएकाले विगत वर्षमा भन्दा यसपटक भक्तजनको बढी भीड हुने विकास कोषले जनाएको छ ।

    कोषले गत असार १ गतेदेखि पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खुला गर्न थालेको भए पनि साउनमा आउने भक्तजनका लागि सहज होस् भन्ने उद्देश्यका साथ पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापाले बताए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट