Sep 08 2024 | २०८१, भदौ २३ गते

फोहरमैला व्यवस्थापनमा ध्यान दिन वीरगञ्ज महानगरपालिकाको निर्देशन

फोहरमैला व्यवस्थापनमा ध्यान दिन वीरगञ्ज महानगरपालिकाको निर्देशन

एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन १ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन १ २०८१
  • फोहरमैला व्यवस्थापनमा ध्यान दिन वीरगञ्ज महानगरपालिकाको निर्देशन

    पर्सा । वीरगञ्ज महानगरपालिकाले वर्षायामको समयमा हुनसक्ने डुबानलाई लक्षित गरेर मङ्गलबारदेखि नै पानीको निकास र फोहरमैला व्यवस्थापनमा सक्रिय रहन सरसफाइकर्मीलाई निर्देशन दिएको छ ।

    images
    images

    महानगरका प्रमुख राजेशमान सिंहले वर्षातको समयमा हुनसक्ने डुबानलाई तत्काल निकास दिन तथा फोहर व्यवस्थापनमा कुनै पनि सम्झौता नगर्न ३२ वटै वडाका सफाइकर्मीलाई आज निर्देशन दिएका हुन् ।

    “वर्षात्को समयमा पानी जमेर डुबान हुनसक्ने सम्भावना धेरै रहन्छ । त्यसैले सरसफाइकर्मीले डुबान हुने ठाउँमा सावधानी अपनाउनुहोला”, नगरप्रमुख सिंहले भने, “पछिल्लो समय वीरगञ्ज महानगर क्षेत्रमा फोहरमैला बढिरहेको छ । यो समस्यालाई जतिसक्दो चाँडो समाधान गर्नुस् ।” 

    महानगरका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले महानगरको सरसफाईमा  गुनासो नआउने गरी कार्यसम्पादन गर्न अनुरोध गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट