Sep 08 2024 | २०८१, भदौ २३ गते

रवि लामिछानेले गरे सिमलतालमा हराइरहेको बस र यात्रुको खोजी कार्यको निरीक्षण

रवि लामिछानेले गरे सिमलतालमा हराइरहेको बस र यात्रुको खोजी कार्यको निरीक्षण

एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन १ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन १ २०८१
  • रवि लामिछानेले गरे सिमलतालमा हराइरहेको बस र यात्रुको खोजी कार्यको निरीक्षण

    काठमाडौँ । निवर्तमान उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सिमलतालमा हराइरहेको बस र यात्रुको खोजी कार्यको निरीक्षण गरेका छन् ।

    images
    images

    मंगलबार बिहान घटनास्थल पुगेर घटनाको विवरण एवं उद्धार कार्यका बारेमा जानकारी लिएका हुन् । सो क्रममा उद्धार कार्यका लागि सुरक्षाकर्मीसँग पर्याप्त दक्षता रहे पनि साधन श्रोत भने अझै अपुग देखिएको सुरक्षा निकायले जानकारी गराएका थिए ।

    लामिछानेले सिमलतालको अवस्थाका बारेमा आफूले वर्तमान गृहमन्त्रीलाई जानकारी गराउने बताए । प्राकृतिक प्रकोपको क्षति न्यूनीकरणका लागि कार्यविधि नै बनाएर विपतको तयारी गरेपछि सिमलताल घटना अप्रत्याशित रहेको उल्लेख गरे । अन्य स्थानमा पूर्व तयारीका कारण यसपटक धनजनका क्षति कम भएको भन्दै पर्याप्त नभएको उनको भनाइ छ ।

    चितवनको भरतपुर महानगरपालिका २९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये अहिलेसम्म १५ जनाको शव भेटिएको छ ।

    असार २८ गते बिहान सिमलतालमा वीरगन्जबाट काठमाडौं आउँदै गरेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नं. र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४५९ नम्बरको बस लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएको थियो ।  

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट