Sep 08 2024 | २०८१, भदौ २३ गते

अवरुद्ध बेँसीसहर–चामे सडक अझै खुलेन

अवरुद्ध बेँसीसहर–चामे सडक अझै खुलेन

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २ २०८१
  • अवरुद्ध बेँसीसहर–चामे सडक अझै खुलेन

    लमजुङ । अवरुद्ध बेँसीसहर–चामे सडक अझै खुल्न सकेको छैन । अविरल वर्षासँगै आएको बाढीले मनाङस्थित चामे गाउँपालिका–१ स्थित तिमाङखोलाले काठेपुल तथा तिमाङ ठूलो छहराको पक्की मोटरेवल पुल गत असार १८ गते बगाएपछि आवागन रोकिन पुगेको थियो । 

    images
    images

    सो सडक अन्तर्गत सानो छहराको पुलमा ढुङ्गा र ग्रेग्र्यान थुप्रिएर क्षति पु¥याएको सडक कार्यालयका सूचना अधिकारी तथा इञ्जिनीयर किरण पोखरेलले बताए । उनले भने, “क्षति पु¥याएको स्थानमा संरचना बन्ने तयारीमा छ, तर तत्काल बनाउँदा पानीको सतह बढ्दा बगाउने धेरै सम्भावना हुन्छ । ” पानीको सतह कम भएपछि काठेपुल राखेर सवारी सञ्चालनमा ल्याउने कार्यालयले जनाएको छ । 

     विसंं २०७८ असार महिनामा आएको बाढीले बेलिब्रिज बगाएपछि तिमाङखोलामा काठेपुल राखेर सवारी सञ्चालन हुँदै आएको थियो । त्यस्तै, दुई वर्षअघि मात्र सो स्थानमा पक्की मोटरेवल पुल निर्माण गरेर सञ्चालनमा आएको थियो । डुम्रे–बेँसीसहर–चामे योजना कार्यालयका अनुसार ठूलो छहरामा स्ल्याब कल्भर्ट पुल १९ लाख ९४ हजार तीन सय ७२ रुपैयाँ र सानो छहरामा स्ल्याब कल्भर्ट पुल एघार लाख ८५ हजार पाँच सय ३९ रुपैयाँ ५१ पैसा लगानीमा निर्माण गरिएको थियो । 

    तत्कालीन समयमा मनाङवासीलाई बेँसीसहर हुँदै काठमाडौँ, पोखरा, चितवन जानलाई र सो स्थानबाट आउनलाई समस्या भएको छ । चामे गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घलेले सडक खुलाउन सडक विभागले प्रसास भए पनि पानीका कारण असफल भइरहेकोे बताए । उनले भने,“सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामग्री अभाव हुँदै गएको र महँगीसमेत बढ्न थालेको छ । ”

    यस सडकमा वर्सेनि वर्षात्का समयमा पटक–पटक सडक अवरुद्ध हुँदै आएको छ । विसं २०७८ असार १ गते आएको बाढीपहहिरोले चार महिनासम्म सडक अवरुद्ध बनाएको थियो । मनाङलाई सडक सञ्जालमा जोड्ने सरकारको योजना अनुरुप विसं २०५१ बाट सडक डिभिजन कार्यालय दमौली तनहुँले सडक निर्माण गर्न सुरु गरेको थियो । 

    नेपाली सेना कार्यागणले विसं २०६९ मा सडक निर्माण सम्पन्न गरेसँगै सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरेपछि सडक सञ्चालन हुँदै आएको छ । तर वर्सेनि बर्खायाममा बाढीपहिरोले सडक अवरुद्ध बनाउँदा यात्रु तथा विषेश गरी मनाङवासी  समस्यामा पर्दै आएका छन् ।  लामो समयसम्म सडक अवरुद्ध हुँदा हेलिकप्टरमार्फत बेँसीसहर हुँदै विभिन्न ठाउँमा जाने र सो ठाउँबाट आउने गर्दछन् । सडक अवरुद्ध हुँदा खाद्यान्न तथा लत्ताकपडासमेत लैजान समस्या हुँदा व्यवसायी मर्कामा पर्ने गरेका छन् । बेँसीसहर–चामे सडक ६५ किलोमिटर रहेको छ । लमजुङतर्फ ३५ किमी र मनाङतर्फ ३० किमी सडक रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट