उच्च अदालतले बाटो खोलिदिएसँगै न्यूरोडको फुटपाथ विस्तार सुरु, काट्न थालियो सडक
उच्च अदालतले बाटो खोलिदिएसँगै न्यूरोडको फुटपाथ विस्तार सुरु, काट्न थालियो सडक
काठमाडौँ । उच्च अदालत पाटनले फुटपाथ विस्तारको काम अघि बढाउन बाटो खोलिदिएसँगै काठमाडौँ महानगरपालिकाले न्युरोडको सडक भत्काउन थालेको छ । महानगरपालिकाले पैदल मार्ग सुधारका लागि थालेको काम डिभिजन सडक कार्यालयको हस्तक्षेपका कारण रोकिएको थियो ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासबाट अस्ति आइतवार अन्तरिम आदेश आएपछि काम फेरि आजदेखि शुरु भएको हो । केही महिनाअघि महानगरले न्युरोडमा सडकको पार्किङ खाली गराएर फुटपाथ बढाउने प्रक्रिया अगाडि बढाएको थियो ।
कालोपत्र मेत काटेर काम शुरु गरिसकेको अवस्थामा सडक डिभिजन काठमाडौँले अनुमति नलिई फुटपाथ बढाउन लागेको भन्दै विस्तारमा रोक लगाएको थियो ।