Sep 08 2024 | २०८१, भदौ २३ गते

‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’ मुलुकलाई प्राप्त भएकामा प्रधानमन्त्रीद्वारा बधाई ज्ञापन

‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’ मुलुकलाई प्राप्त भएकामा प्रधानमन्त्रीद्वारा बधाई ज्ञापन

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन ३ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन ३ २०८१
  • ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’ मुलुकलाई प्राप्त भएकामा प्रधानमन्त्रीद्वारा बधाई ज्ञापन

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’ मुलुकलाई प्राप्त भएकामा सम्पूर्ण नेपालीलाई बधाई दिनुभएको छ । 

    images
    images

    इन्टरनेसनल क्रिकेट काउन्सिलले यस वर्षको आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड नेपाललाई प्रदान गर्ने घोषणा गरेको छ । “यस वर्षको आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड नेपालले पाएको छ, बधाई नेपाली”, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्।

    नेपालले राम्रो क्रिकेट मात्र खेलेको नभई त्यति नै मात्रामा खेललाई पनि साथ दिएको प्रधानमन्त्रीले उल्लेख गरेका छन्।

    “हामी राम्रो क्रिकेट खेलिरहेका छौँ, अनि त्यति नै मात्रामा खेललाई समर्थन गरिरहेका छौँ, यसका लागि नेपाली खेलाडी,  क्रिकेट प्रशासन र विश्वभर छरिएका खेलप्रेमी नेपाली दर्शक पनि बधाईका हकदार छन्”, प्रधानमन्त्री ओलीको ‘फेसबुक पेज’मा लेखिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट