Sep 08 2024 | २०८१, भदौ २३ गते

९९ बुँदे सुझावपत्र बुझ्दै प्रधानमन्त्री ओलीले भने - मुलुकको अग्रगमन सरकारको उच्च प्राथमिकतामा छ

९९ बुँदे सुझावपत्र बुझ्दै प्रधानमन्त्री ओलीले भने - मुलुकको अग्रगमन सरकारको उच्च प्राथमिकतामा छ

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन ४ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन ४ २०८१
  • ९९ बुँदे सुझावपत्र बुझ्दै प्रधानमन्त्री ओलीले भने -  मुलुकको अग्रगमन सरकारको उच्च प्राथमिकतामा  छ

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने वर्तमान सरकारको अठोटमा सबै दलले रचनात्मक सहयोग पु-याउन आह्वान गरेका छन् । 

    images
    images

    नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले तयार गरेको सुझाव पत्र आज सिंहदरबारमा ग्रहण गर्दै उनले  मुलुकलाई अग्रगमनका साथै आर्थिक र सुशासनका क्षेत्रमा सुधारका लागि सरकार प्रतिबद्ध हुने जानकारी दिए । एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले  भने “सुझावले सरकारलाई काम गर्न एक प्रकारको मार्गदर्शन हुने छ ।  ती सुझाव सरकारका सम्बन्धित मन्त्रालयमा आवश्यक कारबाहीका लागि दिइने छ । ”

    एमालेका महासचिव शङ्कर पोखरेलले उक्त ९९ बुँदे सुझावको प्रतिवेदन हस्तान्तरण गरेका थिए भने उपमहासचिव प्रदीप ज्ञवालीले सुझावको सार प्रस्तुत गरेका थिए । एमालेको हाल ३३ विभागमध्ये २८ विभागले छलफल गरेर ती सुझाव तयार पारेका थिए  ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट