Sep 08 2024 | २०८१, भदौ २३ गते

सिमलताल पहिरोः  बेपत्ता बस र यात्रीको खोजीमा जुट्यो भारतीय टोली

सिमलताल पहिरोः  बेपत्ता बस र यात्रीको खोजीमा जुट्यो भारतीय टोली

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन ६ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन ६ २०८१
  • सिमलताल पहिरोः  बेपत्ता बस र यात्रीको खोजीमा जुट्यो भारतीय टोली

    चितवन । नारागणगढ–मुग्लिन सडकको सिमलतामा पहिरोले त्रिशूलीमा बगाएका दुईवटा बस र तिनमा सवार यात्रीको खोजीमा भारतीय टोली जुटेको छ । 

    images
    images

    भारतको नेशनल डिजास्टर रेस्पोन्स फोर्स ९एनडिआरएफ०को १२ सदस्यीय टोली आज बिहानदेखि खोजतलासमा जुटेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले  बताए ।  

    असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेएको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस र काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–२४९५ख ००१ नम्बरको बस सिमलताल पहिरोमा बगेका थिए ।

    बसमा सवार ६५ जनामध्ये तीनजना बाँच्न सफल  भएका थिएभने ६२ जना बेपत्ता भएका थिए । आजसम्म २५ जनाको शव विभिन्न क्षेत्रमा फेला पारिएको छ भने १७ जनाको सनाखत भएको छ । अझै ३७ यात्री र दुईवटै बसको अवस्था  अज्ञात छ । मुलुकमा अत्याधुनिक उपकरणसहितका जनशक्ति नहुँदा सरकारको अनुरोधमा भारतबाट उक्त टोली आएको हो । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट