Sep 08 2024 | २०८१, भदौ २३ गते

गुरुप्रति सम्मान व्यक्त गर्दै मनाइयो गुरु पूर्णिमा

गुरुप्रति सम्मान व्यक्त गर्दै मनाइयो गुरु पूर्णिमा

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन ६ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन ६ २०८१
  • गुरुप्रति सम्मान व्यक्त गर्दै मनाइयो गुरु पूर्णिमा

    काठमाडौँ । असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा, आइतबार शिक्षा दिने गुरुप्रति सम्मान व्यक्त गर्दै गुरु पूर्णिमा मनाइएको छ ।

    images
    images

    शिक्षा सभ्यता तथा संस्कृति एवं नैतिक विकासमा गुरुहरूको देनलाई स्मरण गर्दै हरेक हरेक वर्ष असार शुक्ल पूर्णिमाका दिन गुरुप्रति सम्मान र श्रद्धाभाव प्रकट गरी गुरु पूर्णिमा मनाउने गरिन्छ । गुरु पूर्णिमाका अवसरमा काठमाडौंको गोल्फुटारस्थीत श्रीमुक्तिनाथ सेवाश्रममा विशेष कार्यक्रमको आयोजना गरिएको थियो ।

    हिन्दु धर्मावलम्वीहरुले महाभारत, श्रीमद्भागवत, अठार पुराण र विष्णु सहश्रनामका रचयीता तथा वेदलाई चार भाग लगाउने वेदव्यासको जन्म जयन्तीलाई गुरुपूर्णिमाका रूपमा मनाउने गरेका हुन् । आफ्ना छोरा शुकदेवसहित सम्पूर्ण ऋषिलाई वेद–वेदाङग पढाएकाले व्यासलाई प्रथम तथा सर्वश्रेष्ठ गुरु मानिन्छ ।

    हिन्दु मान्यताअनुसार सङगीत लगायत ६४ कला सिकाउने, गायत्री–दीक्षा, मन्त्र–वेदमन्त्र दिने आचार्य, उमेर–बुद्धि–बल र अनुभवले पाका व्यक्ति पनि गुरु मानिन्छन् भने पिता–माता, मामा, ससुरा, मावली बाजे, जिजुबुबा, ब्राह्मण र काका पनि गुरुकै कोटीमा पर्दछन् ।

    संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुन्छ । यसरी ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको मुक्तिपीठाधीश्वर स्वामी कमलनयनाचार्यले बताए  ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट