Sep 08 2024 | २०८१, भदौ २३ गते

जुनसुकै कालखण्डको भ्रष्टाचारको छानविन हुन्छ : प्रधानमन्त्री

जुनसुकै कालखण्डको भ्रष्टाचारको छानविन हुन्छ : प्रधानमन्त्री

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन ६ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन ६ २०८१
  • जुनसुकै कालखण्डको भ्रष्टाचारको छानविन हुन्छ : प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै कालखण्डमा भएका भ्रष्टाचार र अनियमितताको छानविन गरी दोषीउपर कारबाही गरिने बताएका छन्।

    images
    images

    प्रतिनिधिसभामा आज विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री ओलीले भ्रष्टाचार नगर्ने र नसहने बताए । उनले सुशासनका पक्षमा आफ्नो नेतृत्वको सरकार दृढताका साथ अगाडि बढ्ने स्पष्ट पारे ।

    भ्रष्टाचारी एकदिन कानुनको कठघरामा पुग्ने विश्वास समाजमा स्थापित गराइने प्रधानमन्त्री ओलीको भनाइ थियो । सरकारले सहकारी पीडितका सन्दर्भमा उचित निर्णय लिने र सहकारी ठगलाई कानुनको कठघरामा उभ्याएरै छाड्ने उनले  प्रतिबद्धता व्यक्त गरे ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट