Sep 08 2024 | २०८१, भदौ २३ गते

बङ्गलादेशमा रहेका सबै नेपाली विद्यार्थी सुरक्षित छन् : परराष्ट्रमन्त्री राणा 

बङ्गलादेशमा रहेका सबै नेपाली विद्यार्थी सुरक्षित छन् : परराष्ट्रमन्त्री राणा 

एभरेष्ट हेडलाइन्स
सोमबार, साउन ७ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, साउन ७ २०८१
  • बङ्गलादेशमा रहेका सबै नेपाली विद्यार्थी सुरक्षित छन् : परराष्ट्रमन्त्री राणा 

    काठमाडौँ ।  परराष्ट्रमन्त्री आरजु राणाले बङ्गलादेशमा रहेका सबै नेपाली विद्यार्थीहरू सुरक्षित रहेका जानकारी दिएकी छन् ।

    images
    images

    मन्त्री राणाले ढाकामा रहेको नेपाली दूतावासले स्थानीय अधिकारी, कलेज प्रशासन र नेपाली विद्यार्थीहरूसँग नियमित सम्पर्क गरिरहेको भन्दै सबै नेपाली विद्यार्थी एवम् अरू नेपाली सुरक्षित रहेका बताएकी छन् । उनले सामाजिक सञ्जालमा लेख्दै विद्यार्थी वा अभिभावकले चाहेमा स्वदेश फर्काउनका लागि परराष्ट्र मन्त्रालयले व्यवस्था गरेको पनि बताएकी छन् ।

    हिजोसम्म बङ्गलादेशबाट एक हजार दुई सय जना नेपाली विद्यार्थी स्वदेश फर्किएका परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । बङ्गलादेशमा सरकारले निर्धारण गरेको रोजगारीमा कोटा प्रणालीको विरोधमा विद्यार्थीले आन्दोलन गरिरहेका छन् ।

    बङ्गलादेशको सर्वोच्च अदालतले रोजगारीमा दिने कोटा सीमित पार्न सरकारलाई आदेश दिए पनि विद्यार्थीहरूले पक्राउ परेकाहरूको रिहा, हिंसा फैलाउन जिम्मेवार अधिकारीहरूको राजीनामा लगायतको माग गरेर आन्दोलनलाई निरन्तरता दिइरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट